काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ।
बिहीबार सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा दुईजना बीच भेटवार्ता भएको हो।
संसद् बैठक स्थगित भए लगत्तै सापकोटा र खाणबीच छलफल भएको हो।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गराउन सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख र खाणबीच एमसीसी पारित गराउने विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।