काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली छलफलमा जुटेका छन्।
देउवा र ओलीबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल जारी रहेको जनाइएको छ।
छलफलमा प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्। यस्तै, एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सहभागी छन्।
आजको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले केही समय एमालेका 'सीमित' सांसदहरुसँग छलफल गरेका थिए। त्यसपछि ओलीसँग उनले छलफल सुरु गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।