काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यो वर्ष थप तीन वटा प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने बताएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताको पुरस्कार वितरण तथा दाता सम्मान कार्यक्रममा उनले ट्रमा सेन्टरमा बिरामीको चाप बढेकोले अन्य प्रदेशमा पनि विस्तार गर्न आवश्यक रहेको बताए।
ट्रमा सेन्टरमा बिरामीको चाप बढेकाले बेडको अभाव भएको भन्दै मन्त्री खतिवडाले अन्य तीन प्रदेशमा पनि ट्रमा सेन्टर स्थापना गर्ने बताए। हाल ट्रमा सेन्टरमा करिब ५ सय जना कर्मचारी कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।