काठमाडौं– सत्ता गठबन्धन आवद्ध दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसीको छलफल अघि बढाउन नहुने निष्कर्ष निकालेका छन्।
बिहीबार बिहान सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालबीच भएको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो।
एमालेले संसद् अवरोध गरिरहेकाले अहिलेकै अवस्थामा एमसीसीबारेको छलफल अघि बढाउनु उपयुक्त नहुने निष्कर्ष आएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए। यस्तो अवस्थामा संसद्को छलफल लोकतान्त्रिक नहुने उनीहरूको साझा मत छ।
सिंहदरबारको छलफल सकेर प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।