काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
महाभियोगविरुद्ध अधिवक्ताद्वय दिपकविक्रम मिश्र र पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका हुन्। मिश्रले यसअघि संवैधानिक इजलासको विरुद्धमा पनि रिट दायर गरेका थिए।
फागुन १ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसद्हरुले संसद् सचिवालयमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।