काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले'ले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।
भोलि बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीको थप प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेका बेला प्रचण्डले सभामुखसँग भेटवार्ता गरेका हुन्।
लैनचौरस्थित सभामुख निवासमा प्रचण्ड र सभामुखबीच कुराकानी भएको हो। सभामुखसँष प्रचण्डले छलफल गरिरहेका बेला माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठ पनि पुगेका थिए। त्यसपछि सभामुख, प्रचण्ड र श्रेष्ठबीच छलफल भएको एक नेताले बताए।
एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्रले भोलिको बैठकबाट नै सरकारले एमसीसिको टुंगो लगाउने तयारी गरेपछि सभामुखसँग गरेको छलफललाई महत्त्वकासाथ हेरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।