काठमाडौं– अभिनेता तथा मोडल पल शाहविरुद्ध एक नाबालिग गायिकाले तनहुँ प्रहरीमा बलात्कारको जाहेरी दर्ता गराएकी छिन्।
पलले आफूलाई ‘विवाह गर्ने प्रलोभन देखाई’ सम्बन्ध राखेको भन्दै शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी हुन्। बुधबार ती गायिकाले पलविरुद्ध दिएको जाहेरी दर्ता भएको छ।
नेपालको कानुनअनुसार १८ वर्षमुनिकासँग सहमतिमै सम्बन्ध राखेपनि त्यसलाई बलात्कार मानिन्छ। पलविरुद्ध यही कानुनअनुसार जाहेरी दिइएको छ। पलविरुद्धको जाहेरी पुष्टि भएमा उनलाई १० वर्षदेखि १२ वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ।
नेपालको 'मुलुकी फौजदारी संहिता' को दफा २१९ को उपदफा ३ (घ) मा यसबारे कानुन उल्लेख गरिएको छ। जसअनुसार १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने उल्लेख गरिएको छ।
पल र ती नाबालिग गायिकाबीचको सम्बन्ध करिब १ वर्षअघि भएको बताएअनुसार उनी त्यतिबेला १८ वर्षभन्दा कम उमेर समूहकी थिइन्। जसअनुसार पलविरुद्धको जाहेरी पुष्टि भएमा उनलाई १० देखि १२ वर्षसम्म सजाय हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।