काठमाडौं– अभिनेता तथा मोडल पल शाहविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको छ। शाहविरुद्ध तनहुँ प्रहरीमा एक नाबालिग गायिकाले जाहेरी दर्ता गराएकी हुन्।
शाहविरुद्ध नाबालिगसँग विभिन्न प्रलोभन देखाई यौन सम्बन्ध राखेको भन्दै बलात्कारको जाहेरी दर्ता गरिएको हो।
यसअघि पनि तनहुँमा उनीविरुद्ध जाहेरी दर्ता गर्न खोज्दा दर्ता हुन सकेको थिए। एक महिनाअघि भने कास्की प्रहरीमा पनि उनीविरुद्ध जाहेरी दर्ता गर्ने प्रयास भएको थियो। तर, कास्की प्रहरीले आफ्नो कार्य क्षेत्रभन्दा बाहिर घटना भएको भन्दै तनहुँमा जान सुझाव दिएको थियो।
पल र एक नाबालिग गायिकाको सम्बन्ध लामो समयदेखि विवादमा छ। एक टेलिभिजन कार्यक्रममा उनीहरुको सम्बन्ध र पलले ‘विवाह गर्ने’ प्रलोभनमा पारी गुपचुप बस्ने गरेकोबारे समाचार आएपछि यो विषय थप चर्चामा आएको थियो।
पछिल्ला केही दिनमा यी दुईको सम्बन्धलाई लिएर भएका कुराकानी र अडियो पनि सार्वजनिक भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।