काठमाडौं- नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई बिहीबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालका अनुसार अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे प्रतिनिधि सभामा छलफल सुरू हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको हो।
उपत्यका बाहिर रहेका र काठमाडौंमा रहेका सवैलाई उक्त दिनको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन ह्वीप जारी गरिएको भुसालले बताइन्। महत्वपूर्ण छलफल भएकाले सांसद्हरुलाई अन्य कार्यक्रममा व्यस्त नहुनका लागि यस्तो निर्देशन जारी गरिएको उनले बताइन्।
गत आइतबार संसदमा सरकारले एमसीसी टेबल गरेको छ र बिहीबारको बैठकमा यसबारे छलफल गर्ने तयारी रहेको छ। तर, सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुले एमसीसी पास गर्न नसकिने निर्णय गरेका छन्। यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।