काठमाडौं– २० हजारभन्दा बढी अमेरिकी डलर र अन्य विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले भारतीय नागरिक ४५ वर्षीय शतिस प्रशोतम सजनानीलाई मंगलबार पक्राउ गरेको हो।
मंगलबार साढे २ बजे फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो।
उनको बोकेको झोलाबाट प्रहरीले २० हजार १५० अमेरिकी डलर, ३१ हजार ६ सय नेपाली रुपैयाँ, इंग्ल्याण्ड पाउण्ड ५, जर्जिया लारी ५०, भारु १ सय, युएई दिराम १ हजार ३५५ बरामद भएको छ।
उनलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।