काठमाडौं– केन्द्रीय तथ्यांक विभागले ६ हजार ३०३ जना कर्मचारी माग गरेको छ। विभागले कृषि गणना २०७८ का लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक र गणक पदमा करारमा कर्मचारी नियुक्त गर्न लागेको हो।
सुपरिवेक्षकका लागि मान्यताप्राप्त संस्थाबाट स्नातक तह तथा गणकको लागि प्रविणता पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।
सुपरिवेक्षकका लागि मासिक ३० हजार २ सय र गणकको लागि २८ हजार ६१० रुपैयाँ पारिश्रमिक तोकिएको छ। करार अवधि दुई महिनाको हुने विभागले जनाएको छ।
कृषि विज्ञान वा तथ्यांक विषय लिई अध्ययन गरेको, राष्ट्रिय स्तरका गणनामा कार्य अनुभव भएको तथा सबन्धित स्थानीय निकायमा बसोबास गरेको भएकोलाई विशेष प्रथामिकता दिइने विभागको सुचनामा उल्लेख छ।
इच्छुक उमेदवारले आगामी चैत ७ गते भित्र विभागको अनलाइनमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।