• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रेमीसँग विहे गर्ने तयारी भइरहँदा विदेशबाट पति आएपछि...

64x64
नेपाल लाइभ मंगलबार, फागुन १०, २०७८  २३:१६
1140x725

काठमाडौं– टाउको, खुट्टा र शरीर छुट्टा–छुट्टै ठाउँमा फालिएको अवस्थामा शव फेला परेका दिनेश सिग्देलको हत्यामा उनकै (कान्छी) श्रीमती अनिता केसीको संगलग्नता रहेको खुलेको छ। 

अनिताले आफ्ना साथी मोरङको विराटनगर–४ इकराई बस्ने सरोज भण्डारीसँग मिलेर दिनेशको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। 

यही फागुन ४ गते (बुधबार) सुनसरीको धरान उपमहानगरपालिका–४ अन्तर्गत (धरान–भेडेटार सडकखण्ड)को जेठामाने भन्ने ठाउँमा एउटा जेब्रा झोलामा सडेगलेको अवस्थामा पुरुषको टाउको र दाहिने खुट्टाको तिघ्रादेखि तलको भाग फेला परेको थियो। 

त्यसपछि तालिमप्राप्त कुकुरको समेत सहयोगमा खोजी गर्दा प्रहरीले पहिलेको स्थानभन्दा करिब ४ किलोमिटर माथि सडक नजिकै जेब्रा झोलामा नै घाँटीभन्दा मुनिको भागको शरीरसहित बायाँ खुट्टा फेला पारेको थियो। 

बहराइन प्रहरीको सहयोगमा शवको पहिचान
प्रहरीले शवको पहिचानका लागि १ नम्बर प्रदेश भित्र र अन्य प्रदेश कार्यालयहरुमा फोटो सहितको हुलिया परिपत्र र सञ्चारमाध्यमबाट समेत प्रचार गरेको थियो। महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वयमा अनुहारको भागको स्केच तयार गरी विभिन्न ठाउँमा वितरण गरी समन्वय गर्दा समेत सनाखत नभएपछि शवसँगै फेला परेको फेस मास्क र भिजिटिङ कार्डका आधारमा बहराइन प्रहरीसँग समन्वय गरेको थियो। 

शवसँगै तातवीर पेट्रोलियम, बीएम मास्क लेखिएको फेस मास्क र रियो टुर्स लेखिएको भिजिटिङ कार्ड फेला परेपछि सनाखतको लागि बहराइन प्रहरीको मद्दत मागिएको थियो। प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले समन्वय गर्दा बहराइन प्रहरीले तातवीर पेट्रोलियममा सेक्युरिटी गार्डको काम गर्ने इलाम घर भएका दिनेश सिग्देल बिदामा गएको र हालसम्म पनि फर्केर नआएको जानकारी दियो। 

अध्यागमन विभागको रेकर्डमा उनी जनवरी ४, २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएको देखियो। 

त्यसपछि प्रहरीले प्रहरीले सिग्देलका बुवा इलामको बाँझो घर भइ हाल झापाको शिवसतासी–११ झिलझिले बस्ने सुरेन्द्र सिग्देल र उनकी जेठी श्रीमती निर्मला सिग्देलमार्फत शवको सनाखत गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बुवा सुरेन्द्रले दिनेशले दोस्रो विवाह गरी कान्छी श्रीमतीसँग बस्ने गरेको र विदेशबाट आउँदा सधैं त्यहाँ जाने गरेको भन्ने जानकारी दिएपछि प्रहरीले विराटनगर–३ पिपलचोकमा डेरा गरी बस्ने ३० वर्षीय अनिता केसी (दिनेशकी कान्छी श्रीमती)लाई पक्राउ गर्‍यो।

पक्राउ गरी सोधपुछ गर्दा अनिताले सुरुमै अभयोग स्वीकारिन्। आफूसँगै आफ्नो साथीले मिलेर दिनेशको हत्या गरेको बयान उनले प्रहरीलाई दिइन्। 

प्रहरीका अनुसार १० महिना अगाडि बहराइन गएका दिनेश गत पुस २० गते काठमाडौं पुगेका थिए। केही दिनको बिदा लिएर नेपाल आएका उनी दोस्रो दिन (पुस २१ गते) विराटनगर पुगेका थिए। 

विराटनगर पुगेको दिन उनी नोबेल अस्पताल नजिक एक होटेलमा अनितासँगै बसेका प्रहरी अनुसन्धानबाट खुलेको छ। पुस २२ गते मात्रै उनीहरु विराटनगरको पिपलचोकमा रहेको अनिताको डेरा पुगेका थिए। डेरा पुग्दा अनिताले आफ्ना साथी भनिएका प्रेमी सरोज भण्डारीलाई पनि खबर गरेकी थिइन्। दिनेश कोठामै भएका बेला दिनेश पनि त्यहाँ आइपुगेका थिए। 

दुवै जनाले दिनेशसँग विभिन्न कुरा गरेर परिबन्दमा पारेको र सरोजले ल्याएको गलबन्दीले धाँटी कसेर दिनेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार दिनेशको हत्या गरेपछि २२ गते राति अनिता र सरोज बाहिरै बसेका थिए। 

२३ गते बिहान दुवै जनाले स्थानीय पसलबाट ४ हजार रुपैयाँमा ग्रेण्डर मेसिन, ३ थान जेब्रा झोला र प्लास्टिकको ब्याग खरिद गरेका थिए। कोठामा आएर दुवै जनाले ग्रेण्डर मेसिन तथा खुकुरी समेतले मृतक दिनेशको घाँटी तथा खुट्टा काटेर शरीर टुक्रा पारेका थिए। 

दिनेशको शवको टुक्रा–टुक्रा पारेर जेब्रा झोलामा प्याक गरेपछि सोही दिन साँझ ट्याम्पो रिजर्भ गरेर दुवै धरान गएका थिए। त्यहाँ पुगेर टाउको र दाहिने तिघ्रा भएको झोला एक ठाउँ तथा घाँटी तलको शरीर र बायाँ खुट्टा भएको जेब्रा झोला अर्को ठाउँमा फालेका थिए। 

शवको व्यवस्थापन गरिसकेपछि उनीहरु पुस २३ गते राति भेडेटार पुगेको र त्यो राति त्यहीँ बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

पतिले पठाएको पैसा हत्याएर प्रेमीसँग विवाह गर्ने तयारीमा थिइन् अनिता   
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्डारीको पहिले नै विवाह भइसकेको थियो। उनका १ छोरा समेत छन्। 

पछिल्लो समय सिटी सफारी चलाउँदै आएका सरोजको श्रीमतीसँग भने राम्रो सम्बन्ध थिएन। सम्बन्धमा दरार आएपछि सरोजकी श्रीमती माइतीमा नै बस्दै आएकी थिइन् र पछिल्लो समय सम्बन्ध विच्छेदको चरणमा थिए दुवै जना। 

प्रहरीका अनुसार सिटी सफारी चलाउने सरोज र अनिताबीच केही वर्ष अगाडि चिनजान भएको हो। श्रीमान् विदेशमा भएकाले विराटनगरमा एक्लै बस्दै आएकी अनिता र सरोजबीच भेटघाटसँगै प्रेम सम्बन्ध पनि बाक्लियो। विगत ६ महिनादेखि उनीहरु एउटै कोठामा (श्रीमान्/श्रीमती) जसरी नै बस्दै आएका थिए। 

श्रीमान् दिनेशले विदेशबाट पठाएको रकम अनिताले प्रेमी सरोजलाई नै दिने गरेकी थिइन्। दिनेशले आफूले पठाएको पैसाको हिसाब खोज्दा अनिताले 'ब्याज आउने गरी ऋणमा लगाएको छ' भन्ने जवाफ दिने गरेकी थिइन्। प्रहरीका अनुसार पैसाकै विषयमा दिनेश र अनिताबीच झगडा समेत हुने गरेको थियो। दिनेशबाट अझै केही पैसा निकाल्ने र उनी विदेशमा हुँदै यहाँ दुवै जना विवाह गर्ने अनिता र सरोजको योजना थियो। उनीहरु विवाहको 'अन्तिम' तयारीमा थिए। 

तर, दिनेश विदेशबाट नेपाल आएपछि भने उनीहरुको विवाह गर्ने योजना पूरा हुन पाएन। त्यसपछि उनीहरुले दिनेशको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले अनिता र उनका प्रेमी सरोजलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ। साथै, दिनेशको हत्यामा प्रयोग भएको गलबन्दी, शव काट्न प्रयोग भएको ग्रेण्डर मेसिन लगायत सामान पनि बरामद भएको सुनसरी प्रहरीले जानकारी दिएको छ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसकाे १५आै महाधिवेशन सुरू, आज वडा अधिवेशन हुंदै
संविधानको मर्ममाथि खेलवाड नगर्न सरकारलाई आङ्देम्बेको चेतावनी
राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिलाई ओलीको आग्रह
सम्बन्धित सामग्री
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ... शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद प्रहरीका अनुसार उक्त विभिन्न कम्पनीका हुक्काका फ्लेभरहरु चावहिल र कपन क्षेत्रबाट बरामद गरिएको हो । शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले लामो निगरानीपछि सुनसहित भारतीय नागरिक मणिक दासलाई समातेको हो । उनीबाट १ किलो ४ सय ग्राम सुन... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेसकाे १५आै महाधिवेशन सुरू, आज वडा अधिवेशन हुंदै शनिबार, असोज ३, २०८३
संविधानको मर्ममाथि खेलवाड नगर्न सरकारलाई आङ्देम्बेको चेतावनी शनिबार, असोज ३, २०८३
राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिलाई ओलीको आग्रह शनिबार, असोज ३, २०८३
‘संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु आजको मुख्य दायित्व’ : ‘प्रचण्ड’ शनिबार, असोज ३, २०८३
ह्वाइट हाउसमा सीएनएन, पोलिटिको र एमएस नाउलाई ट्रप्पले किन गरे प्रवेशमा प्रतिबन्ध ? शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्