काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ।
ओली र राजदूत बेरीबी मंगलबार अपराह्न भेटवार्ता भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए।
बजगाईका अनुसार ओलीलाई भेट्न राजदूरत बेरी भक्तपुरको बालकोटस्थित ओलीको निजी निवास पुगेका थिए।
दुवै जनाबीच अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सहायता सम्झौताका विषयमा छलफल भएको बगजाईले जानकारी दिए।
राजदूत बेरी सँगको भेटवार्तापछि ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल भएको छ।
एमालेले भने एमसीसीका सन्दर्भमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि, ओली नै प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौतालाई संसद्मा पेस गर्ने निर्णय भएको थियो।
प्रधानमन्त्री हुँदा ओलीले एमसीसी सम्झौता पारित गर्नुपर्ने बताउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।