काठमाडौं– लागुऔषध (खैरो हेरोइन) सेवन गरेको आरोपमा पक्राउ परेका र्यापर तथा टेलिभिजन रियालिट शो हिमालयन रोडिजका निर्णायक आशिष राना मगर (लाहुरे) रिहा भएका छन्। जिल्ला अदालत कास्कीको आदेशानुसार लाहुरे धरौटीमा रिहा भएका हुन्।
खैरो हेरोइन सेवन गरेको आरोपमा लाहुरे गत पुस १४ गते कास्कीको पोखराबाट पक्राउ परेका थिए।
कास्की प्रहरीको टोलीले उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको थियो।
जिल्ला अदालत कास्कीले थुनछेक आदेश जारी गर्दै लाहुरेसँग ५ हजार धरौटी लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको हो।
न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
लागुऔषधको मुद्दामा पक्राउ परेका अन्य ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। अदालतले विक्की भनिने नवीनकुमार गुरुङ, धुव्र बहादुर थापा र सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।