काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन जोगाउन दौडधुप थालेका छन्।
उनले आज सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ। जसअनुसार उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन्।
उनले आजै दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पनि भेट्ने कार्यक्रम छ।
त्यसपछि उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने तय भएको उनीनिकट एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।