काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले माओवादी केन्द्र मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी भएको दाबी गरेका छन्। सोमबार कांग्रेस र नेकपा एमालेका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै प्रचण्डले मधेसी जनताको अधिकारका लागि माओवादी लडेकोे बताए।
सो अवसरमा अध्यक्ष प्रचण्डले मधेसमा मात्र नभई देशैभर माओवादी केन्द्रमा फर्कने र प्रवेश गर्ने लहर चलेको बताए। सो अवसरमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।
त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट पार्टी प्रवेश गरेको माओवादीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।