फाइल तस्बिर।
काठमाडौं– नेमकिपाका सांसद प्रेम सुवालले अब भोलिदेखि अमेरिकी सेना र झण्डा आउँदैछ भनी प्रश्न गरेका छन्।
प्रतिनिधि सभामा एमसीसी टेबल गर्न लागेपछि विरोधमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्।
‘एमसीसी प्रमुख फातिम सुमार आएपछि र अमेरिकाको दाबबका कारण यो दर्ता गरिएको हो’, उनले भने ‘ यो अमेरिकी सैन्य मोर्चा हो। सही गर्ने मन्त्रीलाई पनि स्पष्टीकरण लिनुपर्छ।’
एमसीसीमा नेपाली मरेपनि उजुरी दिन नपाउने लेखेको दाबी गर्दै उनले अमेरिकाको तानशाह र फाँसीवाद किन ल्याइँदैन भनी प्रश्न गरे।
‘प्रधानमन्त्रीसँग पनि यो सम्झौता किन भयो सोध्न आवश्यक छ’ उनले भने ‘नेपालको कानुन समेत काम नलाग्ने संसद्बाट पारित गर्न खोजिँदैछ।’
नेपाली कांग्रेसले अघि बढाउँदैमा व्यापक राजनीतिक सहमति भएको नमानिने बताए। उनले अमेरिकी अनुदान मात्र नभएर स्वार्थ पनि भएको दाबी गरे। एमसीसी पास गर्नेहरुलाई देशमा नराख्ने चेतावनी समेत उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।