• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दोहोरो भूमिकाको भुमरीमा प्रचण्ड

64x64
किशोर दहाल बिहीबार, फागुन ५, २०७८  १६:१४
1140x725

काठमाडौं- अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतामा दोहोरो भूमिका अपनाउँदा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अप्ठ्यारोमा पर्दै गएका छन्। एमसीसी बोर्डका अध्यक्षलाई पत्र लेखेर संसद्‌बाट सम्झौता अनुमोदन गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरेका उनले आफ्नो पार्टीभित्र भने सो सम्झौता विरोधी भूमिका खेलिरहेका थिए। गत माघ २५ गते उनको पत्र-व्यवहारको गोप्यता भंग भएपछि अप्ठ्यारो थपिँदै गएको हो।

व्यक्तिगत रुपमा प्रचण्ड एमसीसीलाई प्रतिनिधि सभाबाट पारित गराउन चाहन्छन् भन्ने नै देखिन्छ। तर, एमसीसीका सम्बन्धमा पार्टीभित्रका 'हार्डलाइनर'हरु मात्रै मुखर भइरहेको र त्यसैबाट पार्टी पंक्ति डोरिएको अवस्थामा प्रचण्ड एकल निर्णय गर्न सक्ने अवस्थामा छैनन्। मूलतः तत्कालीन नेकपामै रहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारोमा पार्न सिर्जना गरेका जालोहरुमा यतिबेला उनी आफैं फसेका छन्।

एमसीसीलाई अनुमोदन गर्ने दिशातिर लाग्दा उनको पार्टी विभाजन हुनसक्छ। पार्टी विभाजनबाट आफ्नो शक्ति कसरी संकुचित हुँदै आयो र अहिले पार्टी र आफू स्वयंको कुन हबिगत छ भन्नेमा उनी राम्रै जानकार छन्। त्यसैले संगठित रुपमै हुनसक्ने पार्टी विभाजनलाई सहन सक्ने अवस्थामा प्रचण्ड छैनन्। बरु आगामी सत्ता राजनीतिमा पनि सान्दर्भिक भइराख्न अहिलेको पार्टीलाई जोगाइराख्नुपर्ने बाध्यतामा उनी छन्।

अर्कोतिर, माओवादी केन्द्र विशेष मुद्दा बोक्न र त्यसका निम्ति संघर्ष गर्न सक्ने नैतिक क्षमता दुवैमा कमजोर रहेको प्रचण्डले उहिल्यै बुझिसकेको कुरा हो। मुद्दाविहीन भएपछि उनको ध्यान सत्ता राजनीतिमा केन्द्रित छ। त्यसका लागि चुनावबाट धेरथोर शक्ति आर्जन गर्नैपर्छ। तर, एक्लै चुनावमा प्रतिस्पर्धी भएर जित्ने आत्मबल पनि उनमा छैन। २०७४ सालअघि उनले एमालेसँग गठबन्धन गर्नुको एउटा स्वार्थ त्यही थियो। भलै, त्यतिबेला ओलीलाई पनि चुनावपछि प्रधानमन्त्री बन्ने सुनिश्चितता चाहिएको थियो। दुवैको स्वार्थ मिल्दा एमाले र माओवादी केन्द्रबीच गठबन्धन सम्भव बन्यो। स्वार्थलाई स्थायी रुप दिन खोज्दा पार्टी एकता नै भयो। स्वार्थ जुधेका दिन पार्टी विभाजन पनि भयो।

जोसुकैसँग होस्, गठबन्धन गर्नु र केही सिट बढी जितेर सत्ता यात्रा सुनिश्चित गर्नु नै प्रचण्डको अर्जुनदृष्टि रहेको प्रष्टै छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेससँग, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेसँग गठबन्धन गरेर उनले आफ्नो शैली प्रष्ट पारेकै थिए। अहिले पनि आफ्नो दललाई केही सिट उद्धार गरिदिनसक्ने जुनसुकै पार्टीसँग जोडिन सक्छन्। त्यसैका लागि सत्ता गठबन्धनलाई चुनावसम्मै कायम राख्ने उनको प्रयत्न थियो। तर, एमसीसीका विषयले गठबन्धन नै टुट्न सक्ने अवस्थामा प्रचण्डले केही महिनायता सिर्जना गरिरहेको अनुकूल वातावरण भत्किन थालेको देखिन्छ।

शान्ति प्रक्रियामा आएपछि माओवादी हरेकजसो सरकारको सहयात्री भएको छ। सत्तामा जानका लागि उसले कांग्रेस वा एमालेको नेतृत्व स्वीकार गरिसकेको छ। अर्थात् कुन पार्टीको नेतृत्वमा सरकारमा जाने वा नजाने, कोसँग मिलेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भन्ने जस्ता कुनै पनि मान्यता उसले राख्न सकेको छैन। सत्ता मात्रै सत्य हो भन्ने आदर्शबाट डोरिएको माओवादीलाई यतिबेला सरकारमा बसिरहेकोमा प्रश्न उभ्याइएको छ। त्यसको कारण पनि एमसीसी नै हो।

महत्त्वपूर्ण विषयमा सत्ताधारी गठबन्धनबीच फरकमत देखिएको छ। कतिपय विषयमा फरकमत देखिनु स्वाभाविक मान्न सकिएला। तर, एमसीसीका विषयमा माओवादी कार्यकर्ताहरु सडकमै उत्रिएर विरोध गर्न थालेका छन्। पार्टीले पनि एमसीसी टेबल गर्न नहुने र गरेमा विपक्षमा मत दिने निर्णय गरिसकेको छ। अर्कोतिर, सत्ताको नेतृत्व गरेको कांग्रेसले भने एमसीसी पारित गर्नुपर्ने निर्णय नै गरिसकेको छ। ऊ त्यसलाई प्रतिनिधि सभाको बैठकमा टेबल गर्ने र पारित गर्ने प्रयत्नमा छ। 

माओवादीले भने सत्तामा पनि रहने र सडकमा उत्रिएर विरोध पनि गर्ने दोहोरो चरित्र देखाइरहेको छ। सत्ताका लागि जोसुकैको पछि लाग्न सक्ने चरित्र बनाइसकेको सो पार्टीले निर्वाचनको मुखमा सरकार छाड्नुपर्ने परिस्थिति सिर्जना हुँदै गएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डका कैयौंमध्येको एउटा क्षमता हो, अरुलाई ‘प्रयोग गर्न’ सक्ने। २०६३ सालमा खुला राजनीतिमा आएपछि उनले यही शैली प्रयोग गर्दै राजनीतिको केन्द्रमा रहिरहन सफल भए। पार्टीको आकार घटबढ भइरहेको स्थितिमा उनले मौका पाउनासाथ आफ्नो सोही क्षमताको प्रयोग गर्ने गरेका छन्। पछिल्लो समय उनले 'युज' गर्न खोजेका नेता हुन्, प्रधानमन्त्री शेरबहादुर देउवा।

यो पनि पढ्नुहोस्

एमाले फकाउन प्रचण्डको दशक पुरानो सूत्रसोमबार, माघ ८, २०७४

देउवालाई उनले एमसीसी पारित गर्ने आश्वासन दिएरै प्रधानमन्त्री बन्नका लागि सहमत गराएका थिए। चुनावसम्मै गठबन्धन बनाइराख्ने सन्दर्भमा पनि देउवालाई सहमत गराएका थिए। उनले एमसीसी बोर्डलाई पनि पत्र लेखेर सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनी एमसीसीलाई चुनावसम्म धकेल्दै जाने र चुनावपछिको शक्ति संरचनाको आधारमा अघि बढ्ने रणनीतिमा रहेको देखिन्छ। तर, उनको रणनीति यसपटक सफल हुने सम्भावना सायद अब टरेको छ। देशभित्रका राजनीतिक शक्ति र तिनका नेताको क्षमताबारे जानकार उनी बाह्य कूटनीतिक चातुर्यमा भने आत्मघाती साबित हुँदैछन्।

यो प्रकरणपछि उनले बेहोर्ने क्षति भनेको, अविश्वसनीय नेताको पहिचान प्रष्ट हुँदै जानु हो। देशभित्रका शक्तिहरुले उनको यो स्वभावबारे जानकारी राख्थे तर, प्रचण्डसँग सत्ता साझेदारी गर्नु बाध्यता थियो। तर, एमसीसी प्रकरणले प्रचण्डको सो स्वभाव अन्तर्राष्ट्रिय जगतमै छताछुल्ल भएको छ।

कहिले भारत र कहिले चीनसँग नजिकिने प्रयत्नबाट अस्थिर रहेका प्रचण्ड यतिबेला चीनको विश्वासपात्र बन्न खोजेका छन्। आक्रामक चिनियाँ उपस्थितिका कारण यो सम्बन्ध आफ्ना लागि फलदायी हुनसक्ने उनको बुझाइ हुनसक्छ। त्यसैले पनि चीनको स्वार्थ रक्षा हुने गरी उनी उभिएका छन्। किनभने चिनियाँ नेतासँगको लामो टेलिफोन वार्तापश्चात नै प्रचण्ड एमसीसीबारे ‘आक्रामक’ देखिन थाल्नु संयोग मात्र नहुन सक्छ। यसको नतिजा भविष्यमा देखिएला नै। तर, अहिलेको उनको दोहोरो भूमिकाको असर भने निकट समयमै देखिने निश्चित छ।

अहिलेसम्म एमसीसी संसद्मा टेबल होला त भन्ने संशय नै मेटिन सकेको छैन। टेबल भएमा पनि एमसीसी सदनबाट अनुमोदन हुन पनि सक्छ, नहुन पनि सक्छ। अनुमोदन भयो भने यसको पक्षमा रहेकाले स्वागत गर्नेछन्, अनुमोदन भएन भने यसको विपक्षमा रहेकाहरुले स्वागत गर्नेछन्। तर, यी दुवै स्थितिमा प्रचण्डले प्रचण्डले जश पाउने सम्भावना भने न्यून छ।
 

यो पनि पढ्नुहोस्

प्रचण्ड अर्थात् कूटनीति गिजोलिरहने ‘कच्चा खेलाडी’सोमबार, माघ २४, २०७८

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्