• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले फकाउन प्रचण्डको दशक पुरानो सूत्र

64x64
किशोर दहाल सोमबार, माघ ८, २०७४  ०५:५९
1140x725

०६३ मंसिरमा जब सरकार र माओवादीको बीचमा विस्तृत शान्ति सम्झौता भयो, एउटा अचम्मको प्रस्ताव माओवादी वृत्तबाट सुनिन थाल्यो– गिरिजाबाबुलाई अब नोबेल शान्ति पुरस्कार दिइनुपर्छ। उनीहरुले अनौपचारिक रुपमा यो कुरा यति जोडतोडका साथ प्रचार गराए कि धेरैलाई लाग्यो– हो त! त्यत्रो युद्ध गरेर आएको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन भूमिका खेल्ने 'टावर पर्सन' त्यो पुरस्कारको हकदार नै छन् नि!

तर माओवादीले न त नोबेल पुरस्कार दिन सक्थ्यो, न त त्यसको लागि सिफारिस नै गर्न सक्थ्यो। उसले बढीमा गिरिजाबाबुलाई फकाउन सक्थ्यो र गठन हुनै लागेको अन्तरिम व्यवस्थापिकामा आफ्ना सदस्यको  संख्या बढाउन सक्थ्यो। भयो पनि त्यस्तै, कहिल्यै जनतामा परीक्षण नै नभएको शक्तिलाई एमालेको हाराहारी हैसियत प्राप्त भयो। ३ सय ३० सदस्यीय अन्तरिम व्यवस्थापिकामा यी दुवै दलले ८३/८३ सिट प्राप्त भयो। जबकि, त्यतिबेला नेपाली कांग्रेसबाट ८५ र कांग्रेस प्रजातान्त्रिकबाट ४८ जना विधायिका बनेका थिए। बाँकी अन्य दलको भागमा पर्‍यो।

गिरिजाबाबुको गुम्ने केही थिएन। बरु प्रतिस्पर्धात्मक शक्ति एमालेलाई साइजमा ल्याउन कांग्रेसका निम्ति त्यो आवश्यक पनि थियो। माओवादीलाई सुरुमै एमाले बराबरको हैसियत प्राप्त भयो। आम मान्छेलाई पनि सुरुमै माओवादी भनेको ठूलो शक्ति भएको छनक दिइयो।

माओवादीले नोबेल पुरस्कारको हल्ला पिटाएर होस् वा मसिनो स्वरमा पहिलो राष्ट्रपतिको आश्वासन दिएर होस्। गिरिजाबाबुबाट लिन सक्ने जति सबै लियो। मुद्दा र आश्वासन बिक्री गर्दै सत्ताका अंशहरु किन्नमै माओवादीले थुप्रै समय बिताए। 

युद्धमा छँदा थर्काएर धेरै शक्ति आर्जन गरिसकेको पार्टीले शान्ति प्रक्रियामा आएसँगै रणनीति परिवर्तन गरेको थियो। थर्काएर होइन, फकाएर नै लिन सकिन्छ। आफूलाई फकाएर माओवादीले धेरै थोक लिएको कांग्रेसले पछि मात्रै थाहा पायो। पहिलो संविधानसभाको चुनावमा एमालेसँग माओवादीको तालमेलको हल्ला चलिरहेका बेला तत्कालिन कांग्रेस महामन्त्री रामवरण यादवले एउटा साप्ताहिक पत्रिकासँग भनेका थिए, 'माओवादीले हामीलाई उचालेर थचारिदियो, एमालेहरु सचेत बनून्।'

करिब एक दशकपछि माओवादी गिरिजाले कायम गरिदिएको हैसियतबाट धेरै तल पुगिसकेको छ। एमाले पहिलो दल बन्दा माओवादी एमालेकै सहारामा तेस्रो शक्ति मात्रै बन्न सकेको छ। र, एक दशकअघि 'एमालेकरण' शब्दलाई घृणा गर्ने माओवादी अहिले एमालेसँगै एकताको लागि दिनरात मेहनत गरिरहेका छन्।

सामान्य नेताहरु मात्रै होइन, स्वयं सुप्रिमो प्रचण्ड नै एमालेको भाइ हुनुमा गौरब महसुस गरिरहेका छन्। उनले भन्न थालेका छन्, 'माओवादी एमालेको भाइ हो भन्ने सावित भइसकेको छ।'

केही दिनअघि नयाँ पत्रिका दैनिकको फेसबुक लाइभमा प्रचण्डले भने, 'माओवादी एमालेको आफ्नै भाइ हो, बन्धु हो भन्ने कुरा इतिहासमा साबित भइसकेको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

त्यति मात्रै होइन, शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जानुअघि पेरिसडाँडाको अन्तर्क्रियामा उनले भने- 'एमाले माओवादीको गुरु हो।' माओवादी एमालेको पछिपछि हिँडिरहेको भन्ने समर्पणभाव पनि व्यक्त गरे। प्रचण्डकै शब्दमा उतिबेलाको 'भाले पार्टी' यतिबेला चल्ला बनेर माउको पछिपछि चिउँचिउँ गरिरहेको छ। र त्यो माउ एमाले भएको प्रचण्ड अभिव्यक्तिले पुष्टि गर्छ।

एकताको नाममा अहिलेलाई प्रचण्डले जित्न बाँकी एउटै मात्र कुरा छ, अध्यक्ष पद। मिथकमा अर्जुनले माछाको आँखा हेरेजस्तो उनको दृष्टि एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष पदमा केन्द्रित भइरहेको छ। अहिलेको चिउँचिउँको अन्तर्य त्यही हो।

प्रचण्डले एक दशकअघि गिरिजाप्रसादमाथि जुन सूत्रको प्रयोग गरेर आफ्नो अनुकूलको फाइदा लिने वातारण बताए। अहिले त्यही सूत्र एमालेमाथि प्रयोग गरिरहेका छन्। उनी जसरी हुन्छ एमाले वृतलाई फकाउन चाहन्छन् र अध्यक्ष पद आफ्ना पोल्टामा पार्न चाहन्छन्। सके आफूपछिका नेता कार्यकर्ताको पनि पदीय हैसियत मिलाउने दाउ होला। दुई कम्युनिष्ट पार्टीको एकता हुँदै गर्दा सैद्धान्तिक पक्ष भने ओझेलमा पर्नु तर प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा भद्र सहमतिको कुरा बहसमा आउनुको पछाडि प्रचण्डको पदीय हैसियतकै सवाल छ।

अबका प्रधानमन्त्री एमाले अध्यक्ष ओली बन्ने पक्कापक्की जस्तै भएको बेला प्रचण्डको व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ। एमालेमा ओली पक्षका नेताहरु अध्यक्ष पद छाड्न आनाकानी गरिरहेका छन् तर माओवादी भने 'एकताका लागि पुल नै भत्काएर अघि बढिसकेका छन्'। ओली पक्षीय नेताहरुले प्रचण्डलाई अध्यक्ष मान्न नसकिने भनेर मिडियावाजीमा उत्रेका बेला प्रचण्डलाई अनेक किसिमका तुरुप फाल्नुपर्ने बाध्यता छ। प्रचण्डका पछिल्ला अभिव्यक्तिहरु एमाले नेताहरुले खनेको खाल्डो पुर्ने प्रयत्न हो भनेर बुझियो भने राम्रै होला। 

शीर्ष नेताको व्यवस्थापनको मोडलमा आम बुझाइ जे छ, एमाले भित्रका शक्ति संघर्षले त्यसमा अबरोधको भूमिका खेल्ने वा खेलिरहेको प्रचण्डले नबुझेका पक्कै छैनन्। त्यसैले पनि उनी फकाएर लिनुपर्छ भन्ने सूत्रको प्रयोग गरिरहेका छन्। नत्र, दुई ठूला कम्युनिस्ट पार्टीको एकता हुँदै गर्दा एउटाले प्रधानमन्त्री पाएपछि अर्कोले अध्यक्ष पद स्वत: पाउनुपर्छ उनको भन्ने दाबी हुन्थ्यो होला। 

तर जसरी गिरिजाप्रसादलाई फकाएर चाहेजति लिन सम्भव भयो, अहिले एमालेलाई फकाउन सकिए चाहिनेजति लिन सकिन्छ भन्ने बुझाइमा छन्, प्रचण्ड।

चुनावअघि प्रचण्डले एमाले अध्यक्ष ओलीलाई अबको प्रधानमन्त्री भनेर सार्वजनिक रुपमै भनिदिए। त्यो पद तत्कालका लागि आफ्नो हैसियतमा छैन भन्ने बुझेर मात्रै उनले ओलीका निम्ति बोलिदिएका थिएनन्। उनले अध्यक्षमा चाहिँ आफू है भनेर अप्रत्यक्ष संकेत सकेत गरेका थिए। प्रधानमन्त्री बन्ने लोभमा आफैंले प्रधानमन्त्रीमा प्रस्ताव गरेको व्यक्तिलाई ९ महिनामै अविश्वासको प्रस्ताव राख्न सक्ने व्यक्ति पो हुन् त प्रचण्ड। उनको पदीय आशक्ति कसले पो बुझेको छैन र?

उनी एमालेभित्रका अन्य समूहको पनि निकट नै देखिन्छन्। एमालेभित्र माधव नेपाल र झलनाथ खनाल पक्ष मसलाको रुखमुनि हुर्किन नसकेको दुबोजस्तो भइरहेको स्पष्ट नै छ। उनीहरुको चाहना पेलेर अघि बढ्ने ओलीभन्दा संयोजनकारी प्रचण्ड बढी सहज हुनसक्छन्। एमाले भित्रको शक्ति संघर्ष प्रचण्डले पनि नबुझेका होइनन्। त्यसैले त उनी एमालेभित्रका ती समूहका लागि पनि मन जित्ने प्रयत्न गरिरहेका छन्। शान्ति प्रक्रियामा माधव नेपालको भूमिकालाई प्रचण्डले जस दिइराख्नुको कारण मसलाको रुखमुनिको दुबोलाई पानी हाल्ने प्रयत्न हो भनेर बुझ्न कठिन छैन।

जे होस्, प्रचण्डका निम्ति अहिले एमालेलाई फकाउने र अध्यक्ष पद सुरक्षित गर्नुपर्ने बाध्यता छ। त्यसका निम्ति उनले अख्तियार गरिरहेको पछिल्लो रणनीति कति सफल होला, त्यो भने आगामी दिनमा देखिएला।

प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्