काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बधाई दो’ले प्रदर्शनको पहिलो साता साढे ७ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।
राजकुमार राव र भूमि पेडनेकरको मुख्य अभिनय रहेको फिल्म ‘बधाई दो’ले शुक्रबार प्रदर्शन भएदेखि बिहीबारसम्म कूल साढे ७ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो।
प्रदर्शनको पहिलो दिन फिल्मले १ करोड ६५ लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो। त्यस्तै, दोस्रो दिन २ करोड ७२ लाख भारतीय रुपैयाँ र तेस्रो दिन साढे ३ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। बिहीबारसम्मको प्रदर्शनमा फिल्मले कूल साढे ७ करोडको व्यापार गरेको छ।
हर्षबर्धन कुल्कर्नीको निर्देशनमा बनेको यो फिल्ममा ‘तेस्रो लिंगी’ समुदायको कथा प्रस्तुत गरिएको छ। फिल्मले ‘गे’ पुरुष र ‘लेस्बियन’ महिलाको पारिवारिक दबाबका कारण भएको विवाह र त्यसपछिको कथालाई प्रस्तुत गरेको छ।
फिल्ममा राजकुमार राव र भूमि पेडनेकरसँगै सिमा पह्वा, सिबा चड्डा, गुल्सन डेभैआ, चुम दराङलगायतका कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।