म्याग्दी– आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ।
पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नामावली संकलन गरी काँग्रेस जिल्ला कार्यसमितिको बैठकबाट उम्मेदवारको टुङ्गो लगाएर पार्टी केन्द्रीय समितिमा रिफारिस गरिएको हो । काँग्रेस म्याग्दीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा पार्टी सभापति खमवीर गर्बुजा र युवा नेता अमृतमान शेरचनको नाम सिफारिस गरेको छ।
यसैगरी प्रदेशसभामा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षमा रेशमबहादुर बानियाँ, नेत्रबहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको हो । त्यस्तै प्रदेशको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा क्याप्टेन अमलाल फगामीको एक्लो नाम सिफारिस गरिएको काँग्रेस म्याग्दीका सभापति गर्बुजाले जानकारी दिए।
काँग्रेस म्याग्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ क्याप्टेन मीनबहादुर कार्की, विमला गौचन र त्रिलोकचन्द्र विश्वास तथा प्रदेशतर्फ क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवारमा मुकुन छन्त्याल, मनकुमारी विश्वकर्मा र रवीन्द्र गर्बुजाको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशको २ नं निर्वाचन क्षेत्रका लागि समानुपातिकतर्फको उम्मेदवारमा तमबहादुर थापा, डिलबहादुर केसी, दीर्घबहादुर सुनार, कमरा कामी पटेल र उदीमबहादुर पुनको नाम केन्द्रमा पठाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।