एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि भएको वाम एकतालाई महान् भन्दै तीन विद्यार्थी संगठनहरुले युवा विद्यार्थीहरुलाई अभियानमा सरिक हुन आग्रह गरेको छ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुकि अध्यक्ष नविना लामा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तमाङ र नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले यस्तो आग्रह गरेका हुन्। २००६ साल देखि नेपालको राजनीतिक परिदृश्यमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको तर त्यसको ६ दशकपछि मात्र एक ढिक्का हुन लागेको भन्दै उनीहरुले स्वागत गरेका हुन्।
समाजवादी राज्य निर्माणको महान् यात्रामा नयाँ आशाको सञ्चार गरेको उनीहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ। कम्युनिष्ट एकताले समृद्ध नेपाल निर्माणको अभियानलाई थप मजबुत बनाउने भएकाले सक्रियतापूर्वक सहभागी हुन उनीहरुले विज्ञप्तिमार्फत अाग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।