काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका कमल थापाले नयाँ पार्टी दर्ताको तयारी थालेका छन्।
थापाले आफ्नो नेतृत्वमा राष्ट्रिय एकता पार्टी दर्ता गर्न लागेका उनीनिकट नेता राजाराम बर्तौलाले जानकारी दिए।
बर्तौलाका अनुसार अहिले नयाँ पार्टीको विधान लगायत विषय टुंग्याउने काम भइरहेको छ। पार्टीको मूख्य अजेण्डाको रुपमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने विषय छ। यस्तै, राजा नभइ राजसंस्थाको विषयलाई कसरी आफ्नो अजेण्डामा समावेश गर्ने भन्नेमा छलफल भइरहेको बर्तौलाले जानकारी दिए।
विधान लगायतको सबै काम सकेर फागुन १ गते निर्वाचन आयोगमा पार्टी दर्ताको लागि जाने तयारी भइरहेको बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।