काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले आगामी निर्वाचन नेपाली कांग्रेसले आफ्नै अस्तित्वमा लड्नुपर्ने धारणा राखेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
‘गठबन्धनको विषयमा मैले कुरा राखेँ, हामीले आफ्नै अस्तित्व जोगाउनुपर्छ। अरु पार्टीसँग मिलेर जाने भन्ने कुरा हुँदैन भनेर भने,’ बैठकबाट बाहिरिएपछि कोइरालाले भने, ‘यसमा बैठकमा सहभागी धेरैको सकारात्मक कुरा नै रह्यो।’
उनले बैठकमा भातृ तथा शुभेच्छुक संस्थाका बारेमा पनि छलफल भएको जानकारी दिँदै सभापतिले छिटो भन्दा छिटो टुंग्याउने कुरा गरेको बताए।
‘भातृ तथा शुभेच्छुक संस्थाको स्थानीय तहको निर्वाचन अघि र केहीको पछि गर्ने भन्ने विषयमा छलफल भएको छ,’ उनले भने, ‘यस विषयमा पार्टीले थप पछि निर्णय गर्छ।’
उनले बैठकमा गठबन्धन टुट्छ टट्दैन भन्ने विषयमा थप छलफल कुनै नभएको बताए।
उनले एमसीसी परियोजना नितान्त विद्युत् र सडक निर्माणका लागि भएको भन्दै बैठकमा यसलाई जनतामाझ लिएर बुझाउनुपर्ने विषयमा कुराकानी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।