काठमाडौं– फिल्म क्षेत्रको प्रतिष्ठित अवार्ड ‘अस्कर अवार्ड २०२२’ मा छनोट भएका फिल्महरुको सूची सार्वजनिक भएको छ। मंगलबार ९४औं अस्कर अवार्डका लागि छनोट भएका फिल्महरुको सूची सार्वजनिक भएको हो। अवार्ड कार्यक्रम २७ मार्चमा हुने भनिएको छ।
अस्करमा यो वर्ष उत्कृष्ट फिल्महरुका सूचीमा विभिन्न १० फिल्म छानिएका छन्। यसमा ‘बेलफेस्ट’, ‘कोडा’, ‘डन्ट लुक अप’, ‘ड्युन’, ‘ड्राइभ माई कार’, ‘किङ रिचर्ड’, ‘लिकोरिस पिज्जा’, ‘लाइटमारे एल्ले’, ‘द पावर अफ द डग’ र ‘वेष्ट साइड स्टोरी’ रहेका छन्।
त्यस्तै, अस्करमा उत्कृष्ट निर्देशनका लागि पाँच फिल्म छनोटमा परेका छन्। यसमा बेलायती निर्देशक केन्नेथ ब्रानाघको निर्देशनमा बनेको ‘बेलफेष्ट’, र्युसुके हामागुचीको निर्देशन रहेको ‘ड्राइभ माई कार’, पौल थोमस एन्डरसनको ‘लिकोरिस पिज्जा’, जेन च्याम्पियनको ‘द पावर अफ द डग’ र स्टेभेन स्पिलबर्गको ‘वेष्ट साइट स्टोरी’ रहेको छ।
अन्तर्राष्ट्रिय फिचर फिल्ममा विभिन्न देशबाट ५ फिल्महरु परेका छन्। यसमा पहिलो पटक भुटानबाट ‘लुहानाः अ याक इन द क्लासरुम’ पनि परेको छ। यो बाहेक जापानबाट ‘ड्राइभ माई कार’, डेनमार्कबाट ‘फ्ली’, नर्वेबाट ‘द वर्ष्ट पर्सन इन द वर्ल्ड’ र इटलीबाट ‘द ह्याण्ड अफ गड’ रहेका छन्।
उत्कृष्ट अभिनयका लागि यो वर्ष ‘बिइङ द रिचार्डोस’बाट जेभियर बार्डेम, ‘द पावर अफ द डग’बाट बेनेडिक्ट कम्बेरवाट्च, ‘टिक टिक बुम’का लागि एन्ड्रु गारफिल्ड, ‘किङ रिचार्ड’का लागि विल स्मिथ र ‘द ट्राजिडी अफ म्याकबेथ’बाट डेन्जेल वासिङटन रहेका छन्।
यो वर्ष सर्वाधिक धेरै अवार्डको शीर्षकमा 'द पावर अफ द डग' परेको छ। त्यस्तै ८ विधामा ड्युन फिल्म परेको छ। डेनिस भेनेल्युवको निर्देशनमा बनेको ड्युन ‘उत्कृष्ट फिल्म’, ‘एडपटेड स्क्रिन प्ले’, ‘प्रोडक्सन डिजाइन’, ‘कस्टुम डिजाइन’, ‘सिनेमेटोग्राफी’, ‘सम्पादन’, ‘मेकअप र हेयर स्टायल’, ‘ध्वनी’, र ‘भिजुअल इफेक्ट’ जस्ता शीर्षकमा ड्युन छानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।