काठमाडौं– भन्सार एजेन्टको लिखित परीक्षा आउँदो फागुन २८ गते हुने भएको छ।
कोभिड–१९ का कारण यसअघि स्थगित परीक्षा सञ्चालन गर्न लागिएको भन्सार विभागले जनाएको छ।
२०७८ जेठ २२ मा तोकिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो। माघ २९ गते तोकिएको परीक्षा पनि स्थगित गरिएको थियो।
परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।