एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, फाइल तस्बिर
काठमाडौं– नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनका दलहरु एकताबद्ध भएर जानुपर्ने औपचारिक प्रस्ताव अगाडि बढाएको छ।
मंगलबार अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनमा सामेल सबै दलहरुलाई स्थानीय तहको चुनावमा मिलेर जाने प्रस्ताव गरेको हो।
बैठकले गठबन्धनको एकता कायम राख्दै सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको पनि औंल्याएको छ।
बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै पार्टीका सबै नेता/कार्यकर्तालाई आफ्ना सम्पूर्ण कामको केन्द्रविन्दु निर्वाचनलाई बनाउन पनि आह्वान गर्ने निर्णय गरेको छ।
'लोकतन्त्रको उच्चतम प्रयोग र सन्दुरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कष्ट हुने करा हाम्रा लागि गौरवको कुरा हो,' बैकठपछि महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्दछ । साथै, गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी छ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरुलाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन आव्हान गर्दछ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।