• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुख अग्नि सापकोटा ‘फरार अभियुक्त’ भन्दै पक्राउ गर्न १४ नागरिकको अपिल

64x64
नेपाल लाइभ मंगलबार, माघ २५, २०७८  १७:३९
1140x725

काठमाडौं– प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालाई ‘फरार अभियुक्त’ भन्दै पक्राउ गर्न १४ नागरिकले अपिल गरेका छन्। 

सापकोटाविरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास र नियमित इजलासमा समेत हत्या आरोप तथा अनैतिक आचरणसम्बन्धी गम्भीर उजुरी र मुद्दाहरू विचाराधीन रहेको उनीहरूले बताएका छन्। 

nimb
nimb

७ बुदाँमा जारी विज्ञप्तिमा सापकोटा सभामुख हुन समेत आयोग्य हुनुका साथै संविधान, कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास गर्न खोजेको आरोप लगाइएको छ। 

नागरिक समूहका रुपमा  यसरी हस्ताक्षर गर्नेमा अर्जुन लामाकी श्रीमती पूर्णीमाया लामा, मानवअधिकारकर्मी, इन्द्रप्रसाद अर्याल, कनकमणि दीक्षित, केदार नर्सिङ केसी, सुशील प्याकुरेल, सुमन अधिकारी र यज्ञ थापासहित रहेका छन्।

अग्नि सापकोटाका सम्बन्धमा पूर्णिमाया लामासहित नागरिक अपिल 
अग्नि सापकोटा प्रतिनिधि सभाको सभामुख रहन अयोग्य
                                                                                                                                         २०७८ माघ २५, मंगलबार 
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका गतिविधि एवं आचरण मानव अधिकार तथा संसदीय लोकतन्त्रका मूल्य-मान्यता प्रतिकूल रहेकाले सभामुख पदको गरिमा तीब्र अवमूल्यन हुँदै गएकोमा गम्भीर आपत्ति प्रकट गर्दै हामी हस्ताक्षरकर्ता नागरिकहरू निम्न अपिल गर्दछौं: 
१. प्रतिनिधि सभामा छलफल गराउनुपर्ने आवश्यकता बोध भई नेपाल सरकारद्वारा पेश गरिने कुनैपनि विधेयकलाई सदनमा लैजान सहजीकरण गर्नु सभामुखको कानुनी दायित्व हो । सदनमा निष्पक्ष र निर्विवाद भूमिका रहनुपर्ने मान्यताका आधारमा सभामुख निर्वाचित भएकै क्षणदेखि निजको दलीय आबद्धता समाप्त हुन जान्छ । आफू संसद सदस्य निर्वाचित भएको राजनीतिक दलका सबै पदबाट सभामुखले तत्कालै राजिनामा गर्नुपर्ने परम्परा रहनुको कारण पनि यही हो । जनताका आवाजलाई सदनमा मुखरित गर्नकालागि साना ठूला सबै राजनीतिक दलसँग गरिने व्यवहारमा सभामुखबाट पूर्ण तटस्थताको अपेक्षा गरिएको हुन्छ । हाम्रो संसदीय प्रणालीमा सभामुखको कार्यकारी भूमिका परिकल्पना गरिएको छैन । प्रतिनिधिसभाको काम कारवाहीलाई नियमित रूपले संचालन गर्न हाम्रो संविधान एवं विद्यमान कानुनले सभामुखलाई गरिमामय सदनको सहजकर्ता मानेको छ । यस भूमिकालाई अग्नि सापकोटाले बारम्बार उल्लंघन गर्दै आएको देखिएको छ ।
२. अग्नि सापकोटा प्रतिनिधि सभाको सभामुख पदमा नियुक्त भएदेखि नै निजले संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास गर्न खोजेका धेरै उदाहरण उपलब्ध छन् । नेपाल सरकारले प्रतिनिधि सभालाई सुम्पेको विधेयक सदनमा पेश गर्नबाट दुई वर्षभन्दा बढी समयसम्म रोक्ने कार्य यस्तै गैरसंवैधानिक अभ्यास हो । सापकोटाले राजनीतिक दलहरूप्रति गर्ने व्यवहारमा पूर्वाग्रह देखिएको छ । आफ्ना गलत क्रियाकलापको बचाउमा सापकोटाले प्रस्तुत गर्ने तर्कहरू कानुनमा आधारित नभई मनोगत देखिन्छन् । 
३. हामीले बिर्सेका छैनौं- अग्नि सापकोटा व्यक्ति हत्यामा किटानी जाहेरी गरिएका आरोपित हुन् । निजका विरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास र नियमित इजलासमा समेत हत्या आरोप तथा अनैतिक आचरणसम्बन्धी गम्भीर उजुरी र मुद्दाहरू विचाराधीन छन् । काभ्रे जिल्ला निवासी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामालाई अग्नि सापकोटा समेतले २०६२ साल वैशाखमा अपहरण गरी असारमा हत्या गरेको किटानी जाहेरी काभ्रे जिल्ला प्रहरी कार्यालयमा दर्ता गराउन जाँदा शुरुमा प्रहरीले निवेदन अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले २०६४  सालमा जारी परमादेशमार्फत पूर्णिमाया लामाको उक्त निवेदन दर्ता गरी सापकोटाविरुद्ध हत्या अभियोगमा अनुसन्धान-अभियोजन गर्नु भनी नेपाल प्रहरीलाई निर्देशन गरेको छ । यस उजुरीउपर हरेक महिना प्रहरीको अनुसन्धान प्रतिवेदन सर्वोच्च अदालतमा पेश गर्नु भन्ने आदेश भएतापनि त्यसको पालना हुन नसक्नु  आपत्तिजनक छ । विक्रम सम्बत् २०६८ असार ७ गते सर्वोच्च अदालतका माननीय न्यायाधीशद्वय रामकुमार प्रसाद शाह र प्रकाश वस्तीको संयुक्त इजलासबाट यस मुद्दामा जारी भएको आदेशमा भनिएको छ- 'निज प्रत्यर्थी [अग्नि सापकोटा लगायतका छ जना प्रतिवादी] लाई ज्यान मुद्दाको सिलसिलामा प्रहरीबाट खोजतलास भइरहेको देखिन्छ । यी प्रत्यर्थी अग्नि सापकोटालाई आफूउपर यस्तो अभियोग लगाई जाहेरी परेको र प्रहरीद्वारा आफ्नो खोजी भइरहेको छ भन्ने तथ्यको पूरा जानकारी रहेको भन्ने निजले सञ्चारमाध्यमबाट दिएको वक्तव्य र अन्तर्वार्ताको उक्त ज्यान मुद्दाको मिसिलमा संलग्न कागजातबाट देखिन आउँछ । यस्तो अवस्थामा निज स्वयं पनि प्रहरी समक्ष उपस्थित भई अनुसन्धान कार्यलाई सहज तुल्याउन नसकिने होइन ।'
४. सर्वोच्च अदालतका माननीय न्यायाधीशद्वय शाह र वस्तीद्वारा जारी सोही आदेशमा थप उल्लेख छ- 'प्रत्यर्थी अग्नि सापकोटा समेतका छ जना उपर २०६२ वैशाख र आषाढ महिनामा भएको बारदाताको सम्बन्धमा ज्यान मुद्दाको अभियोग लगाई मिति २०६५/४/२७ मा जाहेरी दर्ता भएको देखिन्छ । जाहेरी दरखास्त भएपछि निजहरूलाई खोजतलास गरी उपस्थित गराउनु भनी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सञ्चारमार्फत अन्य प्रहरी कार्यालयसँग सूचना आदान प्रदान भएको  [र फेला नपरेको] भन्ने सम्बन्धित मिसिलबाट देखिएको छ ।' अदालतको यस आदेशमा निज सापकोटाले नै आफ्नो विवेकबाट निर्देशित भई नैतिकता प्रदर्शन गर्नुपर्ने उल्लेख छ ।
५. विगत एक दशक भन्दा बढी समयमा अग्नि सापकोटाविरुद्ध लक्षित सर्वोच्च अदालतका विभिन्न निर्देशहरूलाई निज सापकोटाले आफ्नो अनुकूलतामा मात्र उपयोग गर्दै आएको देखिन्छ । मन्त्री वा सांसद रहँदा आफ्नो ओहोदाद्वारा प्रहरी प्रशासनलाई प्रभावमा पारी अर्जुन लामाको हत्या अभियोगबाट भाग्दै आएकाले निजबाट विगत एक दशक भन्दा लामो समयदेखि न्याय प्रतिपादनमा प्रत्यक्ष अवरोध भई बृहत न्याय प्रणाली नै कमजोर हुन पुगेको छ  । उच्च पदमा बारम्बार आसीन भएकै कारण सापकोटाविरुद्ध प्रहरीले गम्भीर अनुसन्धान नगरेको स्वत: स्पष्ट हुँदै आएको छ । यसरी एकातर्फ पदको दुरुपयोगबाट न्यायमा अवरोध हुनु आफैंमा दण्डनीय अपराध हो भने अर्कोतर्फ अग्नि सापकोटाका व्यवहारबाट पूर्णिमाया लामाको न्याय पाउने अधिकार अवरुद्ध हुन गई नेपालमा दण्डहिनताको निकृष्टतम मानक समेत निर्माण भएको छ ।
६. पछिल्लो पटक विक्रम सम्बत् २०७६ मा अग्नि सापकोटा सभामुख नियुक्त भएपछि सर्वोच्च अदालतका माननीय न्यायाधीश सपना मल्ल प्रधानको इजलासले निज सापकोटाबाट विगतमा कानुनी प्रक्रियालाई असहयोग भएको स्पष्ट गर्दै कानुनी राज्यको संवैधानिक प्रत्याभूतिलाई व्यवहारमा कार्यान्वयन गर्न नेपाल सरकार र नेपाल प्रहरीलाई थप निर्देश गरेको छ । अग्नि सापकोटा सभामुख पदमा कायम रहने तर प्रहरीले भने निज सापकोटा फरार रहेको नक्कली व्यहोरा उल्लेख गरी कागज बनाउँदै सर्वोच्च अदालतलाई समेत गुमराहमा राख्ने कार्य भइरहनु आपत्तिजनक मात्र छैन, यसबाट न्यायको जग नै धर्मराइरहेको छ । दिनरात प्रहरीको घेरामा रहने सभामुख सापकोटालाई प्रहरीले भेट्न सकेन भन्ने जस्तो नक्कली र बनावटी कुरा अर्को हुन सक्दैन । अनि प्रहरीको यस्तै नक्कली व्यहोरायुक्त लिखतलाई सर्वोच्च अदालतले पत्याउनु झनै चिन्ताजनक हुन आएको छ । यसबाट न्याय निरूपणमा अवरोध गर्ने सापकोटाकै अभीष्टलाई सहयोग पुगेको देखिन्छ । 
७. माथि उल्लेख भएका घटनाक्रम एवं तथ्यको आलोकमा स्पष्ट हुन्छ- अग्नि सापकोटा नैतिक रूपमा स्खलित, तटस्थ व्यवहार देखाउन सर्वथा असफल एवं वर्षौंदेखि हत्याको आरोप खेपिरहेका तथा प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् । यस्तो गम्भीर चारित्रिक कमजोरी भएका व्यक्तिबाट प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पद अनुकूलको आचरण प्रस्तुत हुने सम्भावना थिएन र छैन । निजलाई सभामुख पदमा निर्वाचित गरेयता प्रतिनिधि सभाको कार्यसम्पादनमा गम्भीर ह्रास आएको देखिन्छ । अत: अग्नि सापकोटालाई आफ्ना व्यवहार सच्याउन, कानुनी राज कायम गर्नका लागि नेपाल प्रहरीलाई मद्दत गर्न तथा आफ्ना गलत क्रियाकलापको आधार जनतासामु प्रस्तुत गर्न चुनौती पेश गर्दछौं  । हामी नेपाल प्रहरीलाई अग्नि सापकोटाको ठेगाना दिएर निजलाई भेटिने गरी खोजी गर्न सघाउन तत्पर छौं  ।  आफ्नो कार्यलाई खेलाँची नठानी सम्पादन गर्न हामी नेपाल प्रहरी समक्ष आग्रह गर्दछौं ।  प्रमुख राजनीतिक दलहरूले अग्नि सापकोटाका गतिविधिका सन्दर्भमा यथोचित निर्णय लिई संसदीय प्रणालीका मूल्य मान्यताको रक्षा गर्न तत्काल अग्रसरता लिनुपर्दछ र यसका लागि नागरिक खबरदारी निरन्तर जारी राख्नुपर्दछ भनी जोडदार अपील गर्दछौं ।
हस्ताक्षरकर्ता:
१. पूर्णीमाया लामा
२. इन्द्र प्रसाद अर्याल
३. कनकमणि दीक्षित
४. केदार नर्सिगं के.सी.
५. बद्री प्रसाद भूषाल
६. भागिराम चौधरी
७. महामुनिश्वर आचार्य
८. मैना कार्की
९. राजन कुइकेल
१०. सावित्री श्रेष्ठ
११. सुमन अधिकारी
१२. सुर्य बहादुर अधिकारी
१३. सुशील प्याकुरेल
१४. यज्ञराज थापा

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा
सम्बन्धित सामग्री
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी बिहीबार, भदौ ११, २०८३
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्