काठमाडौं– योगगुरु बाबा रामदेवका नेपाली सहयोगी आचार्य बालकृष्ण भारतको ८औं धनी व्यक्ति बन्न सफल भएका छन्।
पतञ्जलीका प्रमुख कार्यकारी अधिकारी (सिईओ) आचार्य बालकृष्ण पछिल्लो वर्ष भारतको धनी व्यक्तिको सूचीमा २५औं स्थानमा थिए। विश्व चर्चित पत्रिका फोर्ब्सले यो वर्ष उनको कूल सम्पत्ति १ सय ७३ प्रतिशतले बढेर १ सय १२ हजार करोड बन्न पुगेको छ।
पछिल्लो आर्थिक वर्षमा पतञ्जलीको कूल कारोबार करिब १६ हजार ८ सय ९८ करोड रुपैयाँ थियो। उनको ब्रान्डले विदेशको केही नामुद कम्पनीलाई कडा टक्कर दिइरहेको छ।
आचार्य बालकृष्णको कूल सम्पत्ति हाल ६९ अर्ब भारतीय रुपैयाँ पुगेको भारतीय अखबारहरुले जनाएका छन्। उनी विश्वका धनी व्यक्तिको सूचीमा १९औं स्थानमा उक्लिएका छन्। गत वर्ष उनी ४८ औं स्थानमा थिए।
स्याङ्जा घर भएका आचार्य बालकृष्ण ४५ वर्षका हुन्। उनी सिइओ भएको पतञ्जलीको नेपालमा पनि ठूलो लगानी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।