काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्ले ७ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार पत्रकार सम्मेलनमार्फत् उक्त जानकारी दिएका हुन्।
बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धरलाई र नेपाल टेलिभिजनको अध्यक्षमा समिरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ।
अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गरिएको छ। कच्चा दूधको न्यूनतम मूल्य बढाएर ५६.४ रुपैयाँ निर्धारण गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।
यसैगरी विश्व बैंकको १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ।
‘सफा हिमाल अभियान २०२२’ मा खटिने नेपाली सेनालाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुरमा छुट दिने निर्णय सरकारको छ। साथै, शिक्षक अस्पताल निर्माणका लागि शिक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।