काठमाडौं– राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने भएका छन्। तत्कालिन नेकपा एमाले उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय अभियान सुरु गरेका थिए। त्यहीँ राष्ट्रिय अभियानलाई दलको स्वरुप दिन निर्वाचन आयोगमा दर्ता गर्ने गौतमको सचिवालयले जनाएको छ।
तत्कालिन नेकपामा विवाद भएपछि गौतमले पार्टी एकता जोगाउँने भन्दै एकता राष्ट्रिय अभियान सुरु गरेका थिए। ‘एमालेबाट अलग भएपछि छरिएर रहेका कम्युनिस्टलाई जोड्न एकता अभियान सुरु गर्नु भएको थियो,’ गौतमको सचिवालय स्रोतले भन्यो, ‘अब त्यसलाई निर्वाचन आयोगमा दलको रुपमा मान्यता दिन दर्ता गर्ने तयारी गर्नु भएको छ।’
गौतमसँग एमालेमा प्रदेश र जिल्लातहमा काम गरेका कार्यकर्ता मात्रै छन्। गौतम यसअघि निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।