काठमाडौं- बलिउडका अभिनेता सलमान खानको सम्बन्धबारे निकै गसिप बन्छ। उमेरले पाँच दशक पार गरेपनि उनले हालसम्म विवाह गरेका छैनन्। उनी अविवाहित भएको विषय र बेला बेलामा प्रेम सम्बन्धका कारण उनी चर्चामा आइरहन्छन्। हाल भने सलमान सिंगल नभएको विषय चर्चामा आएको छ।
आइतबार राति प्रसारण भएको भारतीय रियालिटी शो ‘बिग बोस’को १५औंं संस्करणको कार्यक्रममा सलमानको सम्बन्धबारे खुलासा भएको हो। उक्त कार्यक्रममा सलमानले अभिनेत्री शहनाज गिलसँग गरेको कुराकानीमा आफू सिंगल नभएको खुलासा गरेका हुन्।
कार्यक्रममा शेहनाज सलमानसँगको कुराकानीमा उनलाई ‘तपाईं सिंगल नै राम्रो हुनुहुन्छ’ भन्दा सलमानले जवाफमा आफू सिंगल नभएको बताएका हुन्।
उनले भनेका छन्, ‘जब सिंगल हुन्छु, तब राम्रो हुन्छ।’ सलमानको यो जवाफले कार्यक्रममा शहनाजसँगै थुप्रैलाई चकित पनि बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।