• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसी संसद्‌मा टेबल हुनै नदिन सक्रिय प्रचण्ड

64x64
नेपाल लाइभ सोमबार, माघ १७, २०७८  १५:१४
1140x725

काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण सत्ता गठबन्धनमा मत विभाजन देखिएको छ। त्यसले गठबन्धनमै संकट सिर्जना गर्ने अवस्था आउन नदिन शीर्ष नेताहरु सक्रिय देखिएका छन्। 

गठबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमसीसीलाई संसद्‌मा टेबल हुनै नदिन सक्रिय छन्। 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठकमा दोहोर्‍याइरहन्छन्– एमसीसीमा मलाई प्रेसर छ। केही दिनअघिको बैठकमा देउवाले फेब्रुअरी १ मा पास गर्नैपर्ने डेटलाइन रहेको बताएका थिए। 

देउवाले उल्लेख गरेको उक्त डेटलाइन नजिकै आइपुग्दा सत्ता साझेदार दलका नेताहरु समेत दबाबमा परेका छन्। सोमबार पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्। 

सुरुदेखि नै यथास्थितिमा एमसीसी पास गर्न नहुने लाइनमा रहेका प्रचण्ड र नेपाल यो डेटलाइन समेत टार्नेगरी सक्रिय भएका हुन्। यी दुवै पार्टीका अधिकांस नेता–कार्यकर्ताहरु एमसीसीको विपक्षमा रहेकाले उनीहरुलाई रोक्नैपर्ने दबाब परेको हो। उता प्रधानमन्त्री देउवाले टेबल मात्रै भएपनि गर्नुपर्ने विकल्प गठबन्धनसामु पस्केका छन्। ‘दबाब महसुस गरिदिन’ आग्रह गर्दै उनले टेबल गर्ने वातावरणका लागि सत्ता गठबन्धनका नेताहरुमाथि दबाब बढाएका छन्। 

‘प्रधानमन्त्रीज्यूको जोड एमसीसी संसदमा टेबुल गरेर पारित गरीहालौं भन्ने नै छ। त्यसो हुन नसके संसदमा टेबुल मात्रै गरौं, त्यसपछि जस्तो परिस्थिति बन्छ त्यसअनुसार नै अघि बढौं भन्ने छ,’ गठबन्धनका बैठकहरुमा सहभागी एक नेताले भने, ‘तर, प्रचण्ड, माधव कमरेड र उपेन्द्रजी एमसीसी संसदमा टेबुल भए पाँच दलीय गठबन्धनमा अन्य शक्तिले खेल्छन् त्यसपछि समस्या हुन्छ। त्यसैले टेबुल नै नगरौं भनिरहनुभएको छ।’ 

प्रधानमन्त्री देउवाकै लाइनमा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का केही नेताहरु छन्। जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने धारणा राखिरहेका छन्। उनले आइतबार मात्रै ट्विटरमा लेखे, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाउँ।’  केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव भने एमसीसीको विपक्षमा छन्। सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा एमसीसी कुनै पनि शर्तमा पारित गर्न नहुने पक्षमा छ।

एमसीसी संसद्‌मा टेबल मात्रै गर्दा पनि माओवादी केन्द्र र समाजवादीलाई सकस पर्ने देखिएको छ। सुरुमा एमसीसी टेबल मात्रै गर्ने कुरामा एकीकृत समाजवादी सहमत देखिए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समस्यामा पर्ने ‘ब्रिफिङ’गरेका थिए। माओवादी केन्द्रका एक नेताका अनुसार गठबन्धनको सरकारले संसद्‌मा टेबल गरेको सम्झौताका विरुद्ध साझेदार दल उभिनु राम्रो नदेखिने प्रचण्डको विश्लेषण छ। प्रचण्डनिकट एक माओवादी नेताले भने, ‘यही अवस्थामा पास हुँदा पनि समस्या छ। टेबल गरेर फेल गराउँदा पनि गठबन्धनको औचित्यमा प्रश्न उठ्छ। त्यसैले सकेसम्म टेबल हुनबाटै रोक्न अध्यक्षज्यू लागिरहनुभएको हो।’

nimb
nimb
Ncell 2
Ncell 2

माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ प्रचण्डकै कारण एमसीसी टेबल हुन नपाएको बताउँछन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले र कांग्रेस लगायतका केही दल एमसीसीको पक्षमा छन्। अध्यक्ष प्रचण्डको असहमतिका कारण संसदमा टेबल हुन पाएको छैन।’ उनले यथास्थितिमा एमसीसी पारित गर्नुभन्दा नगर्दा आउने परिणाम बेहोर्न तयार हुनुपर्ने धारणा राखेका छन्। एमसीसीका विषयमा माओवादीका अधिकांश नेताहरुको धारणा यही छ।

सत्ता गठबन्धन नै टुटाएर एमसीसी पारित गर्ने पक्षमा प्रधानमन्त्री देउवा पनि देखिँदैनन्। तर, टेबल गर्ने ‘मध्यमार्गी’ बाटोमा गठबन्धनका अन्य नेताहरुलाई ल्याउन भने सक्रिय छन्। ‘मलाई एमसीसीका विषयमा कति दबाब छ, तपाईंहरु बुझ्नुहुन्न। तपाईंहरुले मलाई सहयोग गर्नुपर्‍यो भनेर प्रधानमन्त्रीज्यू भनिरहनुभएको छ,’ गठबन्धनका एक नेताले भने, ‘प्रचण्ड, माधव, उपेन्द्रजीहरु अमेरिका आफैंले अवस्था बुझेर बजेट फिर्ता लिए हुन्थ्यो भन्ने चाहिरहनु भएको छ। त्यसैले उहाँहरु अहिले विरोध/समर्थन केही नगरी बस्नुभएको छ।’ 

देउवालाई अमेरिकाले दिएको उक्त डेटलाइनको अर्थ नै नभएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बुझाइ छ। किनभने एमसीसीका विषयमा यो दोस्रो डेटलाइन हो। यो सम्झौता कार्यान्वयनमा लैजानैपर्ने देखेमा फेरि अर्को डेटलाइन तय हुने कुरामा उनी निश्चिन्त रहेको माओवादी नेताहरु बताउँछन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीका विषयमा अहिले मौन छ। एमसीसी संसद्‌मा टेबल हुँदा एमालेले पक्षमा मतदान गर्न सक्ने आकलन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छ। नेकपा कालमा नै तत्कालीन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यही विषयमा मत बाझिएका कारण एमालेले सहयोग गर्न सक्ने उनको बुझाइ छ। 

प्रधानमन्त्री देउवाले निश्चित शर्त स्वीकार्दा पक्षमा मत हाल्ने कुराको संकेत अध्यक्ष ओलीले केही दिनअघिको भेटमा गरेका छन्।  एमसीसी संसद्‌मा टेबल भइसकेपछि पक्ष वा विपक्षमा कुनै ह्वीप नलगाउने नीति एमालेले अख्तियार गर्न सक्ने संकेत पनि देखिन्छन्। त्यसले एमसीसी टेबल हुँदा पास हुनसक्ने बाटो खोल्नेछ। 

आगामी चुनाव पछिसम्मै गठबन्धन टिकाउन चाहेका प्रचण्डलाई एमसीसीमा आउने यस्ता ‘मुभ’ले समस्या पार्नेछ। त्यसैले पनि उनी एमसीसी टेबल हुनबाटै रोक्न सक्रिय भएका हुन्।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन
सम्बन्धित सामग्री
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुन... बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन सरकारको नीति तथा कार्यक्रमको छलफलको प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नआएपछि बुधबार बैठकमा अवरोध भएको हो । बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् । बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्