• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धन जोगिनेगरी एमसीसीमा 'सहमति' खोज्दै सत्ता गठबन्धनका नेताहरु

64x64
नेपाल लाइभ आइतबार, माघ १६, २०७८  २१:२२
1140x725

काठमाडौं– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौताको विषयलाई लिएर फेरि राजनीतिक रस्साकस्सी सुरु भएको छ। अमेरिकी अधिकारीहरुले फेब्रुअरी १ तारिख (माघ १८ गते)सम्म सम्झौता संसद्‌बाट पारित गराउन दबाब दिएका सत्तारुढ गठबन्धनकै नेताहरुले बताउँदै आएका छन्।

शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल भएको थियो। उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले फेब्रुअरी १ तारिखसम्म जसरी पनि अनुमोदनको पक्रिया अगाडि बढाउन भनेर अमेरिकीहरुले दबाब दिन थालेको भनेर 'ब्रिफिङ' गरेका थिए। 

बैठकमा सहभागी नेताहरुका अनुसार आइतबार (माघ १६ गते) बस्ने प्रतिनिधि सभाको बैठकमै एमसीसी परियोजना पेस गर्ने देउवाको चाहना थियो। तर, शनिबार साँझ नै संघीय संसद् सचिवालयले सूचना टाँस गरी १० दिनका लागि संसद बैठक स्थगित गर्‍यो। 

देउवाले एमसीसी अनुमोदनको प्रक्रिया अगाडि बढाउन जोड दिइरहेका बेला संसद् वैठक स्थगित हुनुलाई सत्तारुढ गठबन्धनमा फाटो आएको संकेतका रुपमा पनि केहीले हेरेका छन्।

सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी सम्झौता संशोधन नगरी पारित गराउन नहुने पक्षमा छन्। माओवादी केन्द्रबाट सभामुख बनेका अग्नि सापकोटाले एमसीसीका सम्बन्धमा दलीय अडानलाई बल पुग्नेगरी संसद् बैठक स्थगित गरेको कतिपयको टिप्पणी छ।  

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताहरुले एमसीसीका कारण गठबन्धन टुट्नेसम्मको आकलन समेत गरेका छन्। माओवादी केन्द्रका एक नेता भन्छन्, 'प्रधानमन्त्रीले जसरी पनि एमसीसी अगाडि बढाउँछु भनेपछि गठबन्धन टुट्न पनि सक्छ। यो विषय प्रधानमन्त्रीले पनि राम्रोसँग बुझ्नुभएको छ नि।'

तर, प्रधानमन्त्री देउवानिकट नेपाली कांग्रेसका नेता मिन विश्वकर्मा भने एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था नरहेको बताउँछन्। एमसीसीका सन्दर्भमा गठबन्धनले साझा धारणा तय गर्न कार्यदल गठन भएको र उक्त कार्यदलले धारणा तय गरी नसकेको अवस्थामा अहिले नै त्यस्ताखाले टिप्पणी गर्न नहुने उनको भनाइ छ। गठबन्धन सरकारले अझै धेरै काम गर्न बाँकी रहेको विश्वकर्माको भनाइ छ। 

‘केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान मिचेर संसद् विघटन गरेपछि संविधान र संसद्‌लाई ट्र्याकमा ल्याउन गठबन्धन बनाएका हौं। यो गठबन्धनले आगामी निर्वाचनसम्मै सरकार र संसदलाई निरन्तरता दिने भनिएको छ,’ नेता विश्वकर्मा भन्छन्, ‘संविधानको कार्यान्वयन, समयमै आवधिक निर्वाचन र राष्ट्रिय मुद्धाहरुमा गठबन्धनको साझा धारणा बनाउँछौं। साझा धारणा बन्न नसकेका मुद्धामा आपसी सहमतिका आधारमा अघि बढ्छौं।’

nimb
nimb

नेताहरुको चाहना: अमेरिकाले नै निर्णय गरोस्
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु एमसीसी सम्झौता संसद्‌बाट पारित गराउने 'प्रावधान'मै असहमति राख्छन्। यस्तै, सम्झौतामा रहेका अन्य केही विषय पनि संशोधन हुनुपर्ने दुई पार्टीका नेताहरुको मान्यता छ।

नेपाली कांग्रेसका नेताहरु भने सम्झौतालाई यथास्थितिमै संसद्‌बाट पारित गराउनुपर्नेमा 'एकमत'जस्तै छन्। गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी एमसीसीका विषयमा विभाजित छ भने राष्ट्रिय जनमोर्चा सम्झौता संसद्‌बाट पारित गर्न नहुने लाइनमा छ। 

यस्तो अवस्थामा एमसीसीबारे गठबन्धनले साझा धारणा तय गर्ने सम्भावना निकै कम छ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको अध्यक्षतामा एमसीसीसम्बन्धी साझा धारणा तय गर्न भनेर गठन गरिएको कार्यदलले समेत उल्लेख्य काम गरेको छैन।

नेताहरु भने प्राविधिक जटिलतालाई अगाडि सारेर एमसीसीका विषयमा अमेरिकाले नै निर्णय गरोस् भन्ने लाइनमा पुगेका छन्। 'अहिले कोरोनाको महामारी बढिरहेका बेला संसद् बैठक राखेर, त्यो बैठकमा एमसीसी मात्रै पेस गरेर पारित गराउने कुरा न राजनीतिक रुपमा नै उपयुक्त हुन्छ, न त प्राविधिक रुपमा नै,' नेकपा एकीकृत समाजवादीका एक नेता भन्छन्, 'अमेरिकाले दिएको भनेको डेटलाइन (फेब्रुअरी १ तारिख) यही बीचमा सकिँदैछ। आफ्नो डेटलाइन सकिएपछि अमेरिकाले नै निर्णय गर्नुपर्छ, सम्झौता संशोधन गर्ने कि फिर्ता लैजाने।'

एमसीसीका कारण गठबन्धन टुट्छ? 
प्रधानमन्त्री देउवा एमसीसी सम्झौता यथास्थितिमै संसद्‌बाट अनुमोदन गर्नुपर्ने पक्षमा छन्। अहिलेको संसद्‌बाटै सम्झौता अनुमोदन गर्नुपर्ने देउवाको अडान छ। तर, उनको अडानमा गठबन्धनका अरु दलहरु सकारात्मक छैनन्। 

एमसीसीका सन्दर्भमा जारी विवादकै कारण गठबन्धन टुट्ने टिप्पणी पनि हुने गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत एमसीसीको विषयलाई लिएर गठबन्धन टुट्ने अपेक्षामा बसेको छ। 

तर, गठबन्धनका नेताहरु भने एमसीसीको विषयलाई लिएर गठबन्धन नटुट्ने बताउँदै आएका छन्। एमसीसीबारे साझा धारणा तय गर्न गठित कार्यदलका संयोजक समेत रहेका नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनाल एमसीसीले मात्रै सत्तागठबन्धन सजिलै टुट्ने सम्भावना नरहेको बताउँछन्। 

‘एमसीसी पारित गराउन गठबन्धन तोड्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको भन्ने कुरा पनि बाहिर आएको छ, यो सरासर झुटो हो। गठबन्धन तोड्ने भनेर प्रधानमन्त्रीले भनेको भन्ने कुरा मैले अहिलेसम्म सुनेको छैन,' खनाल भन्छन्, 'प्रधानमन्त्रीले एमसीसी पास गरौं भन्ने आग्रह त गरेकै हो। तर, पास भएन भने गठबन्धन तोड्छु भन्ने कुरा उहाँले अहिलेसम्म कतै पनि गर्नुभएको छैन।’ 

एमसीसीबारे साझा धारणा तय गर्न गठित गठबन्धनको कार्यदलका सदस्य एवम् नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीकै कारण गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री देउवाले भनेको भन्ने कुरा सत्य नभएको बताउँछन्।    

'कुनै भ्रममा नपरौं; प्रम देउवाले एमसीसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन,' आइतबार साँझ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै नेता श्रेष्ठले भनेका छन्। 

गठबन्धनमा एमसीसी सम्झौता पारित गर्ने सहमति भएको भन्ने कुरा पनि सत्य नभएको श्रेष्ठको भनाइ छ। नेता श्रेष्ठले आफ्नो पार्टी यथास्थितिमा सम्झौता पारित गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारेका छन्। 

'हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहन्छ, साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसको निम्ति दृढ रुपमा प्रतिबद्ध छ। हाम्रा लागि अन्य सबै बिषय त्यस मातहत रहनेछन्,' श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  २१:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्