काठमाडौं- रुसले युक्रेनमाथि आक्रमण गरे पश्चिम युरोपसम्म ग्यास पुर्याउने रुसी पाइपलाइनको सुरुवात रोकदिने अमेरिकाले चेतावनी दिएको छ।
नर्ड स्ट्रीम-२ पाइपलाइन रूसबाट जर्मनी लैजाने योजना रहेको छ। जर्मनीमा अधिकारीहरुले बिहीबार रूसले युक्रेनमाथि आक्रमण गरेको स्थितिमा उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने बताएका थिए।
पश्चिमा सहयोगी देशहरुले युक्रेनमाथि आक्रमण गरे उनीहरुले रूसी अर्थव्यवस्थालाई निशाना बनाउने छन्।
रूसले भने युक्रेन माथि आक्रमण गर्ने योजनालाई अस्वीकार गर्दै आएको छ। तर युक्रेनी सीमामा लाखौं रुसी सेना तैनाथ छन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले एनपीआरसँग भने, 'म स्पष्ट गर्न चाहन्छु, यदी रुसले युक्रेनमाथि कुनै पनि आक्रमण गरे नर्ड स्ट्रीम २ अगाडी बढ्न सक्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।