काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ। बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै उनले आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन्।
उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोल २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ।
यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार भन्दा धेरै भएको छ। सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।