काठमाडौं- भारतको दिल्ली सरकारले सप्ताहन्तमा लगाइएको कर्फ्यू हटाउने निर्णय गरेको छ। तर, राति कर्फ्यू जारी रहनेछ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइएको छ। तर, अहिले स्थितिमा सुधार आएको छ।
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बिहीबार दिल्लीमा पाँच हजारभन्दा कम कोरोना संक्रमित फेला परेको जानकारी दिए।
तर, विद्यालय अझै नखोल्ने निर्णय गरिएको छ। सरकारले विवाहमा बढीमा २ सय जनासम्म सहभागी हुन दिने निर्णय गरिएको छ।
बार, रेस्टुरेन्ट र सिनेमा हलहरू ५० प्रतिशत उपस्थितिको साथ खोल्न अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।