काठमाडौं- एयर इन्डियालाई टाटा समूहले आधिकारिक रूपमा अधिग्रहण गरेको छ।
केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले बिहीबार एयर इन्डियालाई टाटा समूहले आधिकारिक रूपमा अधिग्रहण गरेको पुष्टि गरेका हुन्।
अधिग्रहणको आधिकारिक घोषणा हुनु अघि टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए। भेटको तस्बिर पीएमओको ट्विटर ह्यान्डलबाट सेयर गरिएको छ ।
अक्टोबर २०२१ मा एयर इन्डियाको विनिवेशका लागि बोलपत्रमा टाटा सन्स सबैभन्दा बढी बोलपत्रदाता थियो। यससँगै प्राप्तिको प्रक्रिया सुरु भएको छ।
एयर इन्डियाको ‘घर वाप्सी’लाई स्वागत गर्दै रतन टाटाले भने, ‘हामीले एयर इन्डियालाई फिर्ता ल्याउन धेरै प्रयास गर्नुपर्यो। आशा गर्छौं यसले बलियो व्यापार अवसरहरू सिर्जना गर्नेछ। उड्डयन उद्योगमा टाटा समूहको उपस्थिति बलियो हुने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।