काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन्।
बिहीबार दिउँसो ३ बजेपछि प्रधानमन्त्री देउवा राष्ट्रपतिसँगको भेटवार्ताका लागि शितलनिवास पुगेका थिए। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच करिब १ घण्टा कुराकानी भएको जनाइएको छ।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताए। 'यो नियमित भेटघाट हो। सकेर फर्कनु भयो' परियारले नेपाल लाइभसँग भने।
स्थानीत तहको निर्वाचन वैशाखबाट पर सार्नेबारे गठबन्धनमा छलफल जारी रहेको बेला प्रधानमन्त्री देउवा राष्ट्रपतिसँगको भेटवार्ताका लागि पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।