काठमाडौं– अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु गरेको छ। त्यसका लागि कम्तीमा पनि ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आकलन गरेको हो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको एक समूहले मानवीय सहयता वितरण गरिरहेको छ। यो सहयोग अहिले अरु केही नभएर मानिसहरुका लागि आधारभूत खाद्यान्न, न्यानो कपडा र आधारभूत औषधि रहेको बताइएको छ।
यही जनवरीको सुरुमा संयुक्त राष्ट्रसंघले यस वर्षका लागि कम्तीमा पनि ४ अर्ब ४० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता वितरण गर्नुपर्ने योजना बनाएको थियो। त्यसबाट नै अहिले तत्कालै कम्तीमा ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहयाताको खाँचो परेको हाल अफगानिस्तानमा सहयोग वितरण गरिरहेको संयुक्त राष्ट्रसंघको समूहले जनाएको हो।
यहाँ तालिबानहरुको शासन सुरु भएपछि वैदेशिक सहायता आएको छैन। जसका कारण यहाँका नागरिक आधारभूत खाना, औषधि तथा न्यानो कपडाबाट पनि बञ्चित हुन पुगेका बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।