काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्सले साधारण सभा डाकेको छ। सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न इन्स्योरेन्सले साधारण सभा आह्वान गरेको हो।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। कम्पनीको चौथो साधारण सभा फागुन ६ गते पोखरामा हुँदै छ।
सभाले लाभांश प्रस्तावका साथै बोनस सेयर वितरणपश्चात चुक्ता पूँजीमा परिवर्तन हुने भएका कारण इन्स्योरेन्सको प्रबन्धपत्र संशोधन गर्ने स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।