काठमाडौं– बिहीबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंक बढेको छ।
बुधबार ३८.४२ अंक घटेर २७७६.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२४ अंक बढेर २७७८.८९ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ८ कम्पनीको ३२ लाख ५० हजार २९१ रुपैयाँ ८० पैसा बराबरको ३ हजार ४६२ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।