काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।