काठमाडौं- सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकुहरुले आत्मसमर्पण गरेका छन्।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन्। ‘आत्मसमर्पण गर्ने विद्रोही लडाकुहरुको सङ्ख्या ५५० भन्दा धेरै रहेको छ,’ एक सरकारी अधिकारीले भने।
आत्मसमर्पण गरेका सवै लडाकुहरु कारागारमा राखिएका थिए। यही जनवरी २० मा लडाकूहरुले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए। त्यही बेलामा धेरै लडाकुहरुलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो।
लडाकूहरुले जेलमा आक्रमण गर्दा लडाकू र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भिडन्त पनि भएको थियो। लडाकूहरुसँग भिड्नका लागि १० हजार सरकारी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो।
लडाकु र सुरक्षाकर्मीहरुका बीचमा देशका विभिन्न ठाउमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौ मानिस विस्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।