Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अध्यादेश ल्याएर भएपनि स्थानीय तह रिक्त नहुने व्यवस्था गर्न सकिन्छ : जगन्नाथ खतिवडा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, माघ १३, २०७८  १४:०९
1140x725

स्थानीय तह निर्वाचनलाई लिएर यतिखेर मुलुकको राजनीति तरंगित छ। निर्वाचन आयोगले जेठ ६ पछि स्थानीय तह रिक्त हुने भन्दै वैशाखभित्रमा नयाँ निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ। आयोगले सरकारलाई पटक पटक ताकेता पनि गरिरहेको छ। तर, पाँचदलीय गठबन्धन सरकारले अहिलेसम्म प्रष्ट निर्णय गर्न सकेको छैन। गठबन्धनका नेताहरुको अभिव्यक्ति हेर्दा सरकारले वैशाखमा निर्वाचन नगर्ने संकेत देखाइसकेको छ। स्थानीय तहसहितका अन्य दुई निर्वाचन कहिले हुन्छन् र गठबन्धन कसरी अघि बढ्छ? यिनै विषयमा केन्द्रित रहेर नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जग्गनाथ खतिवडासँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः 

स्थानीय तह निर्वाचन सम्बन्धी बहस अहिले केन्द्रमा छ। तपाईंहरूको धारणा के हो?
बैठक बसेर हामीले औपचारिक धारणा बनाइसकेका छैनौं। सचिवालय, स्थायी कमिटी आदिले यस्तै धारणा भनेर तय गरेको छैन। तर, गठबन्धनमा गरिएको सहमति अनुसार संविधानले दिएको अधिकारलाई प्रयोग गरेर छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन गर्नुपर्छ भन्ने दिशातर्फ हामी केन्द्रिकृत छौं। अहिले छिटो भन्नाले अरुले सोचेको जस्तो तुरुन्तै वैशाखभित्र गरिहाल्ने भन्ने कुरा पनि छैन। मंसिरभित्रमा चुनाव सम्पन्न गरिसक्नुपर्छ भन्ने दिशामा लागेका छौं।

निर्वाचन आयोगले जेठ ६ पछि स्थानीय तह रिक्त हुन्छ भनिरहेको छ। संविधानविद् र कानुन व्यवसायीले पनि त्यसै भनिरहेका छन्। दलहरुले नै गलत बाटो जान खोजे भनिरहेको अवस्था छ नि?
रिक्त नहुने विधि व्यवस्थापन गरेर, कोभिड–१९ को संक्रमणको अवस्थालाई पनि मध्यनजर गरी चुनावलाई केही समय पछाडि गर्नुपर्छ भन्ने दृष्टिकोण बनाउनुपर्छ भन्ने हो। किनभने यो कोभिडको महामारी कहिलेसम्म हुन्छ भन्ने कुरा कसैले भन्न सक्ने अवस्था छैन। अर्कोतिर, नेकपा एमालेले संसद्‌मा जुन प्रकारको निरन्तर अवरोध गरिरहेको छ, त्यो अवरोधका कारणले संसदीय चुनाव पनि चाँडै गर्नुपर्ने हो कि भन्ने दिशातर्फ पनि छलफल केन्द्रित भइरहेको छ। किनकी, संसद्लाई गतिहीन बनाउनुभन्दा त सबै मिलेर चुनाव चाँडै गरौं भन्ने दिशातर्फ पनि कुरा भइरहेको छ। यस्तो सोच्नुमा एमाले पनि जिम्मेवार छ। त्यसकारण संविधान र कानुनमा लेखेको कुरामा अलिअलि अन्तरविरोध पनि भइरहेको र परिस्थिति पनि अहिले नै चुनाव गरिहाल्न अनुकूल नदेखिएको पाँचदलीय गठबन्धनको साझा धारणा जस्तो बनेको हुनाले यो थोरै लम्बिन सक्छ भन्ने नै हो।

अहिले देखिएको समस्याको समाधान कसरी हुन्छ त? जेठ ६ पछि त स्थानीय तह रिक्त हुन्छन् नै?
यस्तो बेलामा संसद्‌बाट ऐन पारित गरेर वा अध्यादेश ल्याएर स्थानीय तहलाई रिक्त नहुने व्यवस्था गर्न सकिन्छ। निरन्तरता दिनुपर्ने हुन सक्छ, कतिपय विषयमा। चुनाव नजिक आइरहेको हुनाले कतिपय अधिकारलाई कटौती गरेर भए पनि स्थानीय तहको दैनिक कामलाई सञ्चालन गर्नुपर्ने स्थिति पनि आउन सक्छ। यो भनेको सबै दलहरु मिल्दाखेरी हुन सक्ने कुरा हो। सकेसम्म चाँडै चुनाव गर्ने दिशातर्फ नै लागौं। परिस्थितिको जटिलताले त्यतातिर जान नदिँदा अर्को काम गर्नुपर्छ भन्ने हाम्रो सोच हो।

तीनवटै तहको निर्वाचन एकैपटक गर्ने कुरा पनि भइरहेको छ। तपाईंकै पार्टी अध्यक्षले पनि बोलिरहनुभएको छ। यो सम्भव छ कि छैन?
कानुनी र व्यवस्थापकीय हिसाबले सोच्ने र छलफल गर्ने कुरा भइरहेको छ। अब कानुनी हिसाबले मिल्दैन भने मिल्ने कुरो मात्रै गर्नुपर्‍यो। व्यवस्थापकीय हिसाबले पनि मिल्दैन भनेपछि एउटा प्याकेजमा पनि दुई तीन चरणमा गर्न सकिन्छ चुनाव।

Ncell 2
Ncell 2

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरे भनेर तपाईंहरु एक हुनुभयो। अहिले पाँचदलीय गठबन्धनले समयमा निर्वाचन नगरेर संविधान विपरीत हिँड्न खोजिरहेको आरोप लागिरहेको छ नि?
राजनीतिमा टिकाटिप्पणी हुन्छन् नै। लोकतान्त्रिक व्यवस्थामा आफूलाई लागेको कुरा भन्न पाइन्छ नै। मुख्य कुरा, चुनाव कुनै हालतमा गराउने, संविधानले दिएको अवसरलाई उपयोग गर्ने र त्यसले जतिसम्म तन्काउन दिन्छ, त्यतिसम्म तन्काउने। अब कोभिड त संविधानमा लेखेको छैन। कोभिडको महामारीको बीचमा चुनाव गराउँछु भनेर यो लम्बिदै जाने हो भने हामी नगराउने हुन सक्छौं। राजनीतिक दलले तयारी गर्न नसक्ने स्थिति पनि हुन सक्छ। त्यसकारणले कोभिड त हाम्रो संविधान र कानुन कतै लेखिएको छैन।

अनि, एमालेले संसद अवरुद्ध पारेर संसद्लाई अगाडि बढ्नै नदिएको विषय पनि कुनै संविधानमा छैन। त्यसले गर्दा यी दुवै कुराको बीचबाट एउटा नयाँ बाटो खोज्नुपर्ने भएको हुनाले हामी त्यो नयाँ बाटो खोज्ने क्रममा लागेका छौं। अब वैशाखमा चुनाव हुँदैन भन्ने पनि सोचिराख्नु पर्दैन। सबै व्यवस्थापन र कानुनी विधि प्रक्रियाबाट यहाँभन्दा पर जान सकिँदैन भन्ने हो भने, त्यो पनि गर्नुपर्ला। तर, परिस्थिति जटिल छ र त्यो जटिलतालाई फुकाउन अब वैशाख होइन, वर्षातपछि तुरुन्तै गर्नुपर्छ भनेर कानुनले हामीलाई ठाउँ दियो भने, त्यो ठाउँसम्म जाने पो भनेको हो त।

अहिले संविधान र स्थानीय निर्वाचन ऐनमा उल्लेख भएको विषय बाझिएको भनिएको छ। संविधान बनाउने बेला र ऐन बनाउने बेला दलहरु चुकेका हुन त?
ध्यान पुगेन होला। यस्तो त भइरहन्छ। किनभने, काम गर्दै जाँदा कतिपय ठाउँमा, जानी जानी त भएन होला। गर्दै जाँदा यो विषय छुट्यो होला भन्ने हेर्नुपर्‍यो। अब बिग्रेको विषयलाई सच्याउने उपाय के हो भने या त ऐन पास गर्नुपर्‍यो, नभए अध्यादेश जारी गर्नुपर्‍यो। ऐन पास गर्नका लागि पनि संसद् अवरुद्ध छ। सजिलो बाटो अध्यादेशबाट जाने मात्रै देखिन्छ। यतिखेर प्रधानमन्त्रीले अध्यादेश ल्याउने सम्भावना छ। सबै बाटो, ढोका बन्द गरेर अब यो लोकतन्त्रको विरुद्धमा काम गर्‍यो भनेर एकोहोरो ‘हलो अड्काउने गोरु पड्काउने’ काम गर्‍यो भने त त्यसको केही अर्थ छैन। त्यसैले अब समस्या त छ। यो सबै मिलेर समाधान गर्नु नै उपयुक्त हुन्छ।

तपाईंहरुले तीनवटै तहको निर्वाचनसम्म गठबन्धन गरेरै जाने भनिरहनुभएको छ, यो निरन्तर हुने हो वा के हो?
हामीले त त्यही भनिरहेका छौं। त्यसको नै वकालत गरिरहेका छौं। राष्ट्रको आवश्यकता त्यही हो भनिरहेका छौं। एक्लै एक्लै हिँडेर पनि हेर्‍यौँ। बहुमत ल्याएर पनि हेर्‍यौं। दुई तिहाइ बहुमत पुर्‍याएर पनि हेर्‍यौं। तर, सबै कुराहरु राजनीतिक दलहरुभित्र राम्रो र सकारात्मक सोच भएन भने टिक्दैनरहेछ भन्ने देखियो नि।

त्यसकारण अहिले केही वर्ष सबै सँगै मिलेर शासनसत्ता सञ्चालन गरौं र मुलुकलाई संस्कृतिमा स्थिरता दिऔँ। खासगरी राजनीतिक दलहरुको संस्कृतिमा स्थिरता बढी चाहिएको रहेछ। त्यसका लागि एक भएर जानुपर्छ भन्ने कुरामा जोड गरिरहेका छौं। अब कसैलाई अहिले आवश्यकता छैन भन्ने पर्‍यो भने ऊ त्यतिखेर नै छुट्टिन सक्छ। तर, अहिलेसम्म कसैले छुट्टिने कुरा गरेको छैन।  

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि र छविको मुद्दामा आज पुनः पेशी
सुनको भाउ घट्यो
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
सुनको भाउ घट्यो बिहीबार, मंसिर ११, २०८२
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु बिहीबार, मंसिर ११, २०८२
कालोसूचीमा राख्नुअघि सरकारले सोध्यो १४ कम्पनीलाई सात दिने स्पष्टीकरण बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्