• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अध्यादेश ल्याएर भएपनि स्थानीय तह रिक्त नहुने व्यवस्था गर्न सकिन्छ : जगन्नाथ खतिवडा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, माघ १३, २०७८  १४:०९
1140x725

स्थानीय तह निर्वाचनलाई लिएर यतिखेर मुलुकको राजनीति तरंगित छ। निर्वाचन आयोगले जेठ ६ पछि स्थानीय तह रिक्त हुने भन्दै वैशाखभित्रमा नयाँ निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ। आयोगले सरकारलाई पटक पटक ताकेता पनि गरिरहेको छ। तर, पाँचदलीय गठबन्धन सरकारले अहिलेसम्म प्रष्ट निर्णय गर्न सकेको छैन। गठबन्धनका नेताहरुको अभिव्यक्ति हेर्दा सरकारले वैशाखमा निर्वाचन नगर्ने संकेत देखाइसकेको छ। स्थानीय तहसहितका अन्य दुई निर्वाचन कहिले हुन्छन् र गठबन्धन कसरी अघि बढ्छ? यिनै विषयमा केन्द्रित रहेर नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जग्गनाथ खतिवडासँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः 

स्थानीय तह निर्वाचन सम्बन्धी बहस अहिले केन्द्रमा छ। तपाईंहरूको धारणा के हो?
बैठक बसेर हामीले औपचारिक धारणा बनाइसकेका छैनौं। सचिवालय, स्थायी कमिटी आदिले यस्तै धारणा भनेर तय गरेको छैन। तर, गठबन्धनमा गरिएको सहमति अनुसार संविधानले दिएको अधिकारलाई प्रयोग गरेर छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन गर्नुपर्छ भन्ने दिशातर्फ हामी केन्द्रिकृत छौं। अहिले छिटो भन्नाले अरुले सोचेको जस्तो तुरुन्तै वैशाखभित्र गरिहाल्ने भन्ने कुरा पनि छैन। मंसिरभित्रमा चुनाव सम्पन्न गरिसक्नुपर्छ भन्ने दिशामा लागेका छौं।

निर्वाचन आयोगले जेठ ६ पछि स्थानीय तह रिक्त हुन्छ भनिरहेको छ। संविधानविद् र कानुन व्यवसायीले पनि त्यसै भनिरहेका छन्। दलहरुले नै गलत बाटो जान खोजे भनिरहेको अवस्था छ नि?
रिक्त नहुने विधि व्यवस्थापन गरेर, कोभिड–१९ को संक्रमणको अवस्थालाई पनि मध्यनजर गरी चुनावलाई केही समय पछाडि गर्नुपर्छ भन्ने दृष्टिकोण बनाउनुपर्छ भन्ने हो। किनभने यो कोभिडको महामारी कहिलेसम्म हुन्छ भन्ने कुरा कसैले भन्न सक्ने अवस्था छैन। अर्कोतिर, नेकपा एमालेले संसद्‌मा जुन प्रकारको निरन्तर अवरोध गरिरहेको छ, त्यो अवरोधका कारणले संसदीय चुनाव पनि चाँडै गर्नुपर्ने हो कि भन्ने दिशातर्फ पनि छलफल केन्द्रित भइरहेको छ। किनकी, संसद्लाई गतिहीन बनाउनुभन्दा त सबै मिलेर चुनाव चाँडै गरौं भन्ने दिशातर्फ पनि कुरा भइरहेको छ। यस्तो सोच्नुमा एमाले पनि जिम्मेवार छ। त्यसकारण संविधान र कानुनमा लेखेको कुरामा अलिअलि अन्तरविरोध पनि भइरहेको र परिस्थिति पनि अहिले नै चुनाव गरिहाल्न अनुकूल नदेखिएको पाँचदलीय गठबन्धनको साझा धारणा जस्तो बनेको हुनाले यो थोरै लम्बिन सक्छ भन्ने नै हो।

अहिले देखिएको समस्याको समाधान कसरी हुन्छ त? जेठ ६ पछि त स्थानीय तह रिक्त हुन्छन् नै?
यस्तो बेलामा संसद्‌बाट ऐन पारित गरेर वा अध्यादेश ल्याएर स्थानीय तहलाई रिक्त नहुने व्यवस्था गर्न सकिन्छ। निरन्तरता दिनुपर्ने हुन सक्छ, कतिपय विषयमा। चुनाव नजिक आइरहेको हुनाले कतिपय अधिकारलाई कटौती गरेर भए पनि स्थानीय तहको दैनिक कामलाई सञ्चालन गर्नुपर्ने स्थिति पनि आउन सक्छ। यो भनेको सबै दलहरु मिल्दाखेरी हुन सक्ने कुरा हो। सकेसम्म चाँडै चुनाव गर्ने दिशातर्फ नै लागौं। परिस्थितिको जटिलताले त्यतातिर जान नदिँदा अर्को काम गर्नुपर्छ भन्ने हाम्रो सोच हो।

तीनवटै तहको निर्वाचन एकैपटक गर्ने कुरा पनि भइरहेको छ। तपाईंकै पार्टी अध्यक्षले पनि बोलिरहनुभएको छ। यो सम्भव छ कि छैन?
कानुनी र व्यवस्थापकीय हिसाबले सोच्ने र छलफल गर्ने कुरा भइरहेको छ। अब कानुनी हिसाबले मिल्दैन भने मिल्ने कुरो मात्रै गर्नुपर्‍यो। व्यवस्थापकीय हिसाबले पनि मिल्दैन भनेपछि एउटा प्याकेजमा पनि दुई तीन चरणमा गर्न सकिन्छ चुनाव।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरे भनेर तपाईंहरु एक हुनुभयो। अहिले पाँचदलीय गठबन्धनले समयमा निर्वाचन नगरेर संविधान विपरीत हिँड्न खोजिरहेको आरोप लागिरहेको छ नि?
राजनीतिमा टिकाटिप्पणी हुन्छन् नै। लोकतान्त्रिक व्यवस्थामा आफूलाई लागेको कुरा भन्न पाइन्छ नै। मुख्य कुरा, चुनाव कुनै हालतमा गराउने, संविधानले दिएको अवसरलाई उपयोग गर्ने र त्यसले जतिसम्म तन्काउन दिन्छ, त्यतिसम्म तन्काउने। अब कोभिड त संविधानमा लेखेको छैन। कोभिडको महामारीको बीचमा चुनाव गराउँछु भनेर यो लम्बिदै जाने हो भने हामी नगराउने हुन सक्छौं। राजनीतिक दलले तयारी गर्न नसक्ने स्थिति पनि हुन सक्छ। त्यसकारणले कोभिड त हाम्रो संविधान र कानुन कतै लेखिएको छैन।

अनि, एमालेले संसद अवरुद्ध पारेर संसद्लाई अगाडि बढ्नै नदिएको विषय पनि कुनै संविधानमा छैन। त्यसले गर्दा यी दुवै कुराको बीचबाट एउटा नयाँ बाटो खोज्नुपर्ने भएको हुनाले हामी त्यो नयाँ बाटो खोज्ने क्रममा लागेका छौं। अब वैशाखमा चुनाव हुँदैन भन्ने पनि सोचिराख्नु पर्दैन। सबै व्यवस्थापन र कानुनी विधि प्रक्रियाबाट यहाँभन्दा पर जान सकिँदैन भन्ने हो भने, त्यो पनि गर्नुपर्ला। तर, परिस्थिति जटिल छ र त्यो जटिलतालाई फुकाउन अब वैशाख होइन, वर्षातपछि तुरुन्तै गर्नुपर्छ भनेर कानुनले हामीलाई ठाउँ दियो भने, त्यो ठाउँसम्म जाने पो भनेको हो त।

अहिले संविधान र स्थानीय निर्वाचन ऐनमा उल्लेख भएको विषय बाझिएको भनिएको छ। संविधान बनाउने बेला र ऐन बनाउने बेला दलहरु चुकेका हुन त?
ध्यान पुगेन होला। यस्तो त भइरहन्छ। किनभने, काम गर्दै जाँदा कतिपय ठाउँमा, जानी जानी त भएन होला। गर्दै जाँदा यो विषय छुट्यो होला भन्ने हेर्नुपर्‍यो। अब बिग्रेको विषयलाई सच्याउने उपाय के हो भने या त ऐन पास गर्नुपर्‍यो, नभए अध्यादेश जारी गर्नुपर्‍यो। ऐन पास गर्नका लागि पनि संसद् अवरुद्ध छ। सजिलो बाटो अध्यादेशबाट जाने मात्रै देखिन्छ। यतिखेर प्रधानमन्त्रीले अध्यादेश ल्याउने सम्भावना छ। सबै बाटो, ढोका बन्द गरेर अब यो लोकतन्त्रको विरुद्धमा काम गर्‍यो भनेर एकोहोरो ‘हलो अड्काउने गोरु पड्काउने’ काम गर्‍यो भने त त्यसको केही अर्थ छैन। त्यसैले अब समस्या त छ। यो सबै मिलेर समाधान गर्नु नै उपयुक्त हुन्छ।

Xtrem
Xtrem

तपाईंहरुले तीनवटै तहको निर्वाचनसम्म गठबन्धन गरेरै जाने भनिरहनुभएको छ, यो निरन्तर हुने हो वा के हो?
हामीले त त्यही भनिरहेका छौं। त्यसको नै वकालत गरिरहेका छौं। राष्ट्रको आवश्यकता त्यही हो भनिरहेका छौं। एक्लै एक्लै हिँडेर पनि हेर्‍यौँ। बहुमत ल्याएर पनि हेर्‍यौं। दुई तिहाइ बहुमत पुर्‍याएर पनि हेर्‍यौं। तर, सबै कुराहरु राजनीतिक दलहरुभित्र राम्रो र सकारात्मक सोच भएन भने टिक्दैनरहेछ भन्ने देखियो नि।

त्यसकारण अहिले केही वर्ष सबै सँगै मिलेर शासनसत्ता सञ्चालन गरौं र मुलुकलाई संस्कृतिमा स्थिरता दिऔँ। खासगरी राजनीतिक दलहरुको संस्कृतिमा स्थिरता बढी चाहिएको रहेछ। त्यसका लागि एक भएर जानुपर्छ भन्ने कुरामा जोड गरिरहेका छौं। अब कसैलाई अहिले आवश्यकता छैन भन्ने पर्‍यो भने ऊ त्यतिखेर नै छुट्टिन सक्छ। तर, अहिलेसम्म कसैले छुट्टिने कुरा गरेको छैन।  

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्