काठमाडौं– सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतबाट मंगलबारदेखि भुवन दहाल बिदा भएका छन्। दाहालको बिदाइसँगै बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार निश्चलराज पाण्डेले आज (बुधबार)बाटै सम्हालेका छन्।
पाण्डेलाई सञ्चालक समितिले यसअघि नै प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसकेको छ। २०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे २०७८ असोजदेखि सानिमा बैंककै नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए।
बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव भएका पाण्डे यसअघि नबिल बैंकमा थिए। नबिलमा उनले १८ वर्ष काम गरे।कर्जाको विषयमा राम्रो विज्ञता राख्ने पाण्डेले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेका छन्।
उनी सानिमा क्यापिटलको सञ्चालक पनि भइसकेका छन्। दहाललाई बैंक सञ्चालक समिति, मुख्य प्रवर्द्धक र व्यवस्थापनले बिदाइ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।