काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने बताएका छन्।
पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको रुसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै आएका बेला अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ आएको बिबीसीले जनाएको छ। रुसले चाहिँ युक्रेनमाथि आफूले हमला गर्ने कुनै मनसाय नरहेको दोहोर्याउँदै आएको छ। रुसले चाहिँ 'युक्रेन मामिलामा तनाव बढाउन अमेरिका र अन्य शक्तिहरूले भूमिका खेलेको' आरोप लगाएको छ।
यद्यपि मस्कोले युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा हातहतियार सहित ठूलो संख्या सैनिकहरू तैनाथ गरेको छ। त्यस क्षेत्रमा उसका करिब एक लाख सैनिकहरू तैनाथ गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।