काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकभन्दा धेरैले बढेको छ।
अघिल्लो कारोबार मंगलबार ५.५९ अंक घटेर २८१५.०६ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २.१० अंक बढेर २८१७.१७ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा १४ कम्पनीको ३८ लाख ३२ हजार ५२२ रुपैयाँ ८० पैसा बराबरको ४ हजार ३७३ कित्ता सेयर कारोबार भएको छ। कारोबारमा आएकामध्ये ९ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।