१. पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै थपिए ६ हजार १७२ जना संक्रमित । (कोरोनाका कारण ८ जनाको मृत्यु)
२. तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह, २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको उल्लेख । (सरकारलाई निर्वाचन आयोगको आग्रह)
३. नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औँ स्थानमा रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन, १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक । ( ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक)
४. रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै साढे आठ हजार अमेरिकी सेना उच्च सतर्क अवस्थामा, रुसविरुद्ध सामूहिक रणनीति अपनाउनेबारे युरोपेली साझेदारसँग अमेरिकी राष्ट्रपतिको छलफल । (अमेरिका–रुसबीच तनाव बढ्दै)
५. र, पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकपमा थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश, सेमिफाइनलपछिका खेलमा दर्शकलाई रंगशाला प्रवेश गर्न दिइने । ( थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।