मक्किनै लागेको
औंसीको लौरो टेकेर
निर्धो 'म'
खल्च्याङ.. खल्च्याङ..
खल्च्याङ.. खल्च्याङ..
पूर्णिमाको राजमार्गमा
अनन्त हिँड्दै गर्दा
उदाउँदो ग्रहणसँगै
'म' ले मलाई
सम्बन्धविच्छेद गरेछ।
टुटेफुटेको थकान मेट्न
चित्तामा चिर पल्टेछ।
कठै 'म'
अचेत धुवाँ भएछ
लम्पसार खरानी बनेछ
दुई थोपा झरी मुस्कुराइरहेछ
'म' जस्तै 'म' रुपि खरानी बगिरहेछ
'म' जस्तै 'म' हरु जन्मिरहेछ।
नियाल्दै छन्
नतमस्तक अर्थहीन अर्थहीनताहरू
नतमस्तक निरर्थक निरर्थकताहरू
मक्किनै लागेको लौरोको आशामा
निफन्न खोज्दै अहमहरू श्वासमा
निफन्न खोज्दै 'म' लाई म भित्रमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।